राष्ट्र बैंकले अधिक तरलता भएका ४ वटा वाणिज्य बैंकबाट २ अर्ब रुपैयाँ उठायो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, २६ पुष । नेपाल राष्ट्र बैंकले अधिक तरलता भएका ४ वटा वाणिज्य बैंकबाट २ अर्ब रुपैयाँ उठाएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको भन्दै राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बजारबाट उठाउनका लागि प्रतिस्पर्धा आह्वान गर्दा ४ वटा बैंकले ३ अर्ब ९० करोड रुपैयाँ दिने प्रस्ताव गरेका थिए । मागेको २ अर्ब रुपैयाँ मात्र तरलता प्रशोचन भएको केन्द्रीय बैंकले जनाएको छ ।

बजारमा अझै पनि करिब ५१ अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले ३ प्रतितशत ब्याज दिने गरी १४ दिनका लागि २ अर्ब रुपैयाँ प्रशोचन गरेको हो । २ अर्ब रुपैयाँ माघ ८ गते फिर्ता हुनेछ । अघिल्लो साता लगानीयोग्य पुँजी नभएको भन्दै बैंक तथा वित्तीय संस्थाले हारगुहार गरेपछि राष्ट्र बैंकले ४ पटक गरेर २७ अर्ब ६३ करोड रुपैयाँ बजारमा पठाएको थियो ।

आईतबार बैंकहरुले ब्याजदर करिडोरको सीमा नाघेर ३ प्रतिशत भन्दा तल ब्याजदर प्रस्ताव गरेपछि केन्द्रीय बैंकले बजारबाट पैसा तान्न लागेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);