राष्ट्र बैंकले बैंक वित्तीय संस्थामा २० अर्ब रुपैयाँ पठाउने | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

राष्ट्र बैंकले बैंक वित्तीय संस्थामा २० अर्ब रुपैयाँ पठाउने

nepal rastra bank

काठमाडौं, १४ माघ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता घटेर अन्तरबैंक ब्याजदर बढेपछि नेपाल राष्ट्र बैंकले आईतबार बैंक वित्तीय संस्थामा २० अर्ब रुपैयाँ पठाउने भएको छ । बजारमा तरलता लगानी योग्य पूँजीको अभाव भएपछि राष्ट्र बैंकले बजारमा पैसा पठाउन लागेको हो ।

राष्ट्र बैंकले आईतबारदेखि २ हप्ताका लागि २० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो । उक्त रिपोमा बैंक वित्तीय संस्थाले आइतबार २ बजेसम्म आवेदन दिन सक्नेछन् । सो को ब्याजदर ५ प्रतिशत तय गरिएको छ । तरलता कम भएपछि राष्ट्र बैंकले रिपोमार्फत बजारमा पैसा पठाएर अन्तरबैंक ब्याजदर नियन्त्रण गर्न लागेको हो ।

हाल बजारमा २२ अर्ब ४२ करोड रुपैयाँ अधिक तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । अन्तरबैंक ब्याजदर ५ प्रतिशत नाघेपछि राष्ट्र बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा हस्तक्षेप गर्न लागेको हो । एक साताअघि अन्तरबैंक ब्याजदर ३ प्रतिशत भएकोमा एक साताका बीचमा बढेर ५ प्रतिशत नाघेको छ ।

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);