काठमाडौंमा दैनिक ६ सय मेट्रिकटन तरकारी आयात | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

काठमाडौंमा दैनिक ६ सय मेट्रिकटन तरकारी आयात

फूलमाया आले

काठमाडौं, ५ माघ । काठमाडौं उपत्यकामा  दैनिक ६ सय मेट्रिकटन तरकारी आयात हुने गरेकाे छ ।  देशमा ७० प्रतिशत भन्दा धेरै मानिस कृषि पेशामा आवद्ध भएपनि भारतबाट मात्र ४४ दशमलव ७३ प्रतिशत तरकारी आयात हुने गरेकाे  तथ्यांक सार्वजनिक भएकाे छ ।  तरकारीबाट दैनिक ३ करोडको कारोबार हुने गरेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएकाे छ ।

गत आर्थिक वर्षमा दुई लाख ४९ हजार २ सय मेट्रिकटन तरिकारी आयात भएको थियो । यो आर्थिक वर्षको पुस मसान्त सम्ममा १ लाख ८ हजार २ सय ७० मेट्रिकटन तरकारी आयात भएको छ ।

सबैभन्दा धेरै भारतबाट ४४ दशमलव ७३ प्रतिशत र चिनबाट ० दशमलव ५८ प्रतिशत तरकारी आयात  हुने गरेकाे समितिकाे तथ्यांकमा उल्लेख छ । बाँकी नेपालकै काठटमाडौँ भक्तपुर, ललितपुर काभ्रे, धादिङ, दाङ, सिन्धुपाल्चोक, चितवन दोलखा, रामेछाप लगायत जिल्लाबाट आयत हुने गरेकाे छ ।

पछिल्लो समय तरकारीमा प्रयोग गरिने विषादीको मात्रा भने घट्दै गएको छ । यो आर्थिक वर्षको ६ महिनामा ९ सय ३० वटा तरकारीमा गरिएको परिक्षणमा ३ वटा मात्र तरकारी खान अयोग्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेपालमै तराकारी उत्पादनको प्रचुर सम्भावना भएपनि उत्पादन गर्न सकिएको छैन । यदि आधुनिक प्रविधिको प्रयोग गरेर उत्पादन गर्ने हो भने देश तरकारीमा आत्मानिर्भर बन्ने थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);