काँकरभिट्टा नाकाबाट चार अर्ब ४४ करोड बराबरको तरकारीजन्य वस्तु आयात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काँकरभिट्टा नाकाबाट चार अर्ब ४४ करोड बराबरको तरकारीजन्य वस्तु आयात

tarkari

पुजन घिमिरे
झापा, २५ असार । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको अन्त्यसम्म आईपुग्दा भारत, बङ्गलादेश लगायतका देशहरुबाट चार अर्ब ४४ करोड रुपैयाँ मूल्य बराबरको तरकारीजन्य वस्तु आयात भएको छ ।

काँकरभिट्टास्थित मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको असार तेस्रो सातासम्म भारतबाट एक लाख मेट्रिक टन तरकारीजन्य वस्तु नेपाल भित्रिएको छ ।

नेपालमा आयात र निर्यातको खाडल हरेक बर्ष झन् बढ्दै गईरहेको छ । धेरै आयात हुने पदार्थहरु मध्ये तरकारी तथा फलफूल पनि एक हो । गएको आर्थिक बर्षमा पूर्वी नाका काँकरभिट्टाबाट चार अर्ब ३६ करोड मूल्य बराबरको तरकारी तथा फलफुलजन्य वस्तु आयात भएको थियो भने चालु आर्थिक बर्षको करिव अन्त्य सम्म आईपुग्दा चार अर्व ४४ करोड मुल्य बराबरको आयात भएको छ ।

गएका आर्थिक बर्षमा एक लाख तीन हजार मेट्रिक टन तरकारी जन्य वस्तु आयात भएको थियो भने चालु आर्थिक बर्षको तेस्रो सातासम्म आईपुग्दा एक लाख मेट्रिक टनको भित्रिसकेको छ ।

आयात हुने तरकारीजन्य वस्तु मध्ये आलु र प्याज सबैभन्दा बढी आयात हुने गरेको छ । योे वर्ष झण्डै २० हजार टन आलु र पाँच हजार टन प्याज नेपालमा आयात गरिएको छ । त्यस्तै भारतबाटै गोलभेंडा, लसुन, दाल, केराउ, बोडी साथै सागपात र हरियो तरकारी नेपाल भित्रिएका छन् ।

काँकरभिट्टा नाकाबाट भित्रिने तरकारी तथा फलफुलहरुमा भएका विषादी परिक्षण गरेर भित्र्याउन आवश्यक प्रयोगशाला भएको भन्सार प्रमुख अर्यालको भनाई छ ।

भन्सार कार्यालयले तरकारीजन्य वस्तुको आयातबाट चालु आर्थिक वर्षमा ३८ करोड ४७ लाख ७२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यस्तै, गत आर्थिक वर्षमा २६ करोड ९४ लाख रुपैयाँ तरकारी आयातबाट राजश्व संकलन भएको थियो ।

यस अवधिमा नेपालबाट समेत तरकारीजन्य वस्तुको निर्यात भएको देखिन्छ । नेपालबाट चालु आर्थिक वर्षमा १२ हजार दुई सय ३८ मेट्रिक टन तरकारी निर्यात भएको छ । जुन एक अर्ब २६ करोड ६९ लाख रुपैयाँ मुल्य बराबरको हो । यसबाट भन्सार कार्यालयले एक करोड २० लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);