रासायनिक मल अभावले गहु उत्पादनमा हा्रस आउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

रासायनिक मल अभावले गहु उत्पादनमा हा्रस आउने

दीपक श्रेष्ठ
२६ फागुन वर्दिया । हिउँदे गहुँ खेतीको लागि आवस्यक पर्ने आवस्यक रासायनिक मलको बर्दियामा चरम अभाव भएको छ । सरकारले समयमै मल उपलब्ध नगराउँदा कृषि सामाग्री कम्पनीको गोदाम रित्तै भएपछि मलको चरम अभाव खड्किएको हो ।

रासायनिक मल अभावले गहु उत्पादनमा हा्रस आउने

दीपक श्रेष्ठ
 २६ फागुन वर्दिया ।  हिउँदे गहुँ खेतीको लागि आवस्यक पर्ने आवस्यक रासायनिक मलको बर्दियामा चरम अभाव भएको छ । सरकारले समयमै मल उपलब्ध नगराउँदा कृषि सामाग्री कम्पनीको गोदाम रित्तै भएपछि मलको चरम अभाव खड्किएको हो ।

यतिखेर बर्दियामा रासायनिक मल युरियाको हाहाकार छ । बजारमा समेत मल नपाउँदा किसानहरु मर्कामा परेका छन् । बर्ष भरी मेहनत गर्यो अभावै अभावले फसलमा मल हाल्न नपाउने भएका छौ गुलरिया नगरपालिका बडा नं ११ का दीपक चौधरीले बताए । उनले भने सरकारले कृषिमा क्रान्ति ल्याउने ठूला कुरा गर्छ तर किसानलाई चाहिने वेलामा मल छैन । सरकारले अनुदानमा दिनु त ठूलो कुरा पैसा तिरेर किन्छु भन्दा पनि मल पाईदैन उनले दुःख व्यक्त गरे ।

गहु सप्रिने समयमा युरिया मलको अभावले यस बर्ष गहु उत्पादनमा १२ प्रतिशत भन्दा बढि हा्रस आउने कृषि विकास कार्यालय बर्दियाका बालि अधिकृत जया महतराले बताए ।

कृषि विकास कार्यालय बर्दियाले जिल्लामा बार्षिक युरिया १७ हजार मेट्रिक टन, डीएपी १२ हजार मेट्रिक टन र पोटास ५ हजार मेट्रिक टन आवस्यक रहेको सिफारिश गरेता पनि मागको केहि अंश मात्र मल आउने गरेकोले कृषकहरुले भारतिय सिममा पारिबाट कमसल मल ल्यायर हाल्न बाध्य भएका छन । सोे परिमाणको मल जिल्लामा कहिल्यै नआउने गरेको कृषि सामाग्री कम्पनी बर्दियाका प्रमुख नरहरी पोखरेलले बताए ।

उनले रित्तो गोदाम देखाउँदै भने जिल्लाको बार्षिक लक्ष्य अनुसार मल आयात हुन नसक्दा समस्या परेको छ । हाल गोदाममा डि.ए.पी. २ सय मेट्रिक टन र पोटास ८० मेट्रिक टन मात्र रहेको छ । कृषि सामाग्री कम्पनीमा मल रित्तिएपछि ग्रामीण स्तरमा मल उपलब्ध गराउने स्थानिय सहकारी संस्थाहरु पनि चिन्तित वनेका छन् । बर्दियामा १७ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको जिल्लामा मल अभाव भएपछि छिमेकी जिल्लाहरुमा पनि मल उपलब्ध नहुदा कठिनाई परेको छ । मल अभावका कारण गहुँको उत्पादनमा गिरावट आउन देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);