छोटो समयमा अध्यावधिक गराउनुपर्ने बाध्यताले सेवाग्राहीलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

छोटो समयमा अध्यावधिक गराउनुपर्ने बाध्यताले सेवाग्राहीलाई सास्ती

नरी बडु, २६ फागुन बैतडी
नेपाल राष्ट्रिय बैङ्क शाखा कार्यालय बैतडीमा खाता खोलि कारोबार गरिरहेका ग्रहाकहरुले सास्ती भोग्नुपरेको छ ।
ग्राहकहरुलाई खाता अध्यवधिक गराउन र नगराए कारोबार राक्का गरिने भनि साखा कार्यालयले छोटो समयको सूचना टाँस गरेकाले ग्राहकहरुले शास्ती

छोटो समयमा अध्यावधिक गराउनुपर्ने बाध्यताले सेवाग्राहीलाई सास्ती

नरी बडु, २६ फागुन बैतडी
नेपाल राष्ट्रिय बैङ्क शाखा कार्यालय बैतडीमा खाता खोलि कारोबार गरिरहेका ग्रहाकहरुले सास्ती भोग्नुपरेको छ ।
ग्राहकहरुलाई खाता अध्यवधिक गराउन र नगराए कारोबार राक्का गरिने भनि साखा कार्यालयले छोटो समयको सूचना टाँस गरेकाले ग्राहकहरुले शास्ती भोग्नुपरेको हो ।

अहिले जिल्लाको सदरमुकाम गोठलापानीमा रहेको राष्ट्रिय बाणिज्य बैङ्कको साखा कार्यालयमा खाता अध्यावधिक गराउनेको निकै भिड छ । भिड बढी भएकाले जिल्लाको दुर्गम ठाँउबाट आएका ग्राहकहरुले दुई–तीन दिनको बास बसेर पनि अध्यावधिक गराउन सकेका छैनन् ।
बैङ्क शाखाले पटक पटक सूचना प्रकाशन गरेको दाबी गरेपनि स्थानीय संञ्चारमाध्यम मा सूचना प्रशारण र प्रकासन नगरेकाले आफुहरुलाई केही थाहा नभएको सेवाग्राहीहरुको गुनासो छ ।

फागुन मसान्त सम्म खाता अध्यावधिक नगराए राक्का गरिने भनि कार्यालयको भित्तामा सूचना टाँस गरिएको छ । अगाडी जानकारी नगराएर छोटो समयमा अध्यावधिक गराउदा आफुहरुले सास्ती भोग्नुपरेको सेवाग्राही अर्जुन मडैको भनाई छ जिल्लाको दुर्गम क्षेत्रबाट उक्त साखामा पुग्न दुई दिनको प्रदान यात्रा गर्नुपर्ने हुन्छ । बैङ्कमा सेवाग्राहीको भिड अत्याधिक भएकाले उनिहरुले सामान्य बैङ्की कामको लागि पनि एक हप्ता खर्चिनु परेको छ ।
साखा प्रवन्धक विदामा भएकाले पनि कार्यसम्पादनमा समस्या भएको छ । विदामा रहेका शाखा प्रवन्धलाई भेट्दा ५–६ महिना अगाडी हुनुपर्ने काम अहिले भएकाले भिड बढेको बताए ।

अध्यावधिक गर्नु राम्रो काम भएपनि सबै ग्राहकहरुलाई थाहा हुने गरी स्थानीय संञ्चारमाध्यमहरुमा सूचना प्रशारण नगरिकन छोटो समयमा अध्यावधिक गर्नुपर्ने बाध्यताले आफुहरु मारमा परेको जिल्लाको देहीमाण्डौँ गाविसका ग्राहक दलबहादुर भण्डारीको भनाई छ ।
छोटो समस्यमा जसरीपनि अध्यावधिक गराउनुपर्ने बैङ्कको निर्णयप्रति ग्राहकले आपत्ति जनाउनुका साथै समय थप गर्न माग गरेका छन् । अध्यावधिक गर्नेको भिड बढेपनि अन्य कारोबार समेत प्रभावित बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);