अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क खाता खोल्न सकिने | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८३, शुक्रबार

अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क खाता खोल्न सकिने

पौष २६ शुक्रबार
राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ ।
यसअघि बैङ्क खाता खोल्न नागरिकता अनिवार्य चाहिनेमा अब आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्र वा त्यसको आधारमा पनि खाता खोल्न सकिने भएको हो ।नेपाल राष्ट्र बैङ्कले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरका आधारमा खाता खोलिदिन बैङ्क तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक र लघुवित्त वित्तीय संस्थालाई परिपत्र जारी गरेको छ ।

राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा। भागवत आचार्यका अनुसार बैङ्क खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको होइन,आधिकारिकता दिइएको हो ।यसअघि नागरिकताका आधारमा बैङ्क खाता खोल्नू भन्ने निर्देशन पनि यथावत रहेको र अब राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर दिए पनि बैङ्कले खाता खोलिदिनुपर्ने उहाँले उज्यालोलाई जानकारी दिए।

Leave a Reply

ताजा समाचार