सामाजिक सुरक्षा भत्ता बैङ्किङ प्रणालीबाट वितरण गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सामाजिक सुरक्षा भत्ता बैङ्किङ प्रणालीबाट वितरण गरिने

खोटाङ, ९ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यसअघि कर्मचारीमार्फत वितरण गर्दै सामाजिक सुरक्षा भत्ता अब बैङ्किङ प्रणालीमार्पmत वितरण गर्ने भएको छ । कर्मचारीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा हुन सक्ने आर्थिक अनियमिततालाई रोक्दै आर्थिक पार्दशिता कायम गर्न नगरपालिकाले आउँदो चौमासिकदेखि लागू गरी बैङ्किङ प्रणालीमार्पmत वितरण गर्ने भएको हो ।

पन्ध्र वडा रहेको नगरमा राष्ट्रिय बाणिज्य बैङ्क, ज्योति विकास बैङ्क, सेन्चुरी कमर्सियल बैङ्क, ग्लोबल आईएमई बैङ्क र सालपा विकास बैङ्कमार्पत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौता गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । बैङ्कसँग सम्झौता गरे अनुसार नगरपालिकाभित्रका सबै ९५१३० जना लक्षित वर्गले अब सामाजिक सुरक्षा भत्ता लिनका लागि तोकिएको बैङ्कमा खाता खोल्नुपर्ने छ ।

नगरपालिका र बैङ्कसँग सम्झौता गरिएअनुसार सालपा विकास बैङ्कले वडा नम्बर(१ दिक्तेल, वडा नम्बर(३ बाम्राङ, वडा नम्बर(५ लफ्याङ, वडा नम्बर(७ दोर्पाचिउरीडाँडा, वडा नम्बर(८ दोर्पाबुवालुङ, वडा नम्बर(१० पाथेका, वडा नम्बर(११ खार्मी, वडा नम्बर(१३ नुनथला, वडा नम्बर(१४ बुइपा र वडा नम्बर(१५ विजयखर्क तथा ग्वोबल आईएमई बैङ्कले वडा नम्बर(१२ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।

यस्तै, ज्योति विकास बैङ्कले वडा नम्बर(२ सोल्मा, सेन्चुरी कमर्सियल बैङ्कले वडा नम्बर(९ निर्मलीडाँडा र राष्ट्रिय बाणिज्य बैङ्कले वडा नम्बर(४ खाल्लेमा सामाजिक सुरक्षा भत्ता वितरण गर्नेगरी सम्झौता गरिएको छ । नगरपालिका र बैङ्कका प्रतिनिधिबीच बिहीबार दुई पक्षीय सम्झौता भएको हो ।

टाढाका सेवाग्राहीलाई भुक्तानी शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण गरिने र सुरक्षा एवम् प्रशासनिक कामहरु नगरपालिकाले व्यवस्था गर्नेगरी समझदारी गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालले बताउनुभयो । नगरपालिकाले लक्षित वर्गको आवश्यक विवरण बैङ्कलाई उपलब्ध गराउने र बैङकमा रकम जम्मा गरेपछि सोही अनुसार सामाजिक सुरक्षा भत्ता वितरण हुने जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा सामाजिक सुरक्षा भत्ता वितरणमा ठूलो मात्रामा आर्थिक अनियमितता भएको खबर सार्वजनिक भएपछि सबै स्थानीय तहले बैङ्किङ प्रणालीमार्फत वितरण गर्ने तयारी गरिरहेका छन् । आगामी दिनमा अनियमितता हुन नदिन सबै स्थानीय तहले आ(आफ्नो क्षेत्रमा सञ्चालित बैङ्कहरुसँग सम्झौता गरिरहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);