यी हुन् विदुर र बेलकोटगढी नगरपालिकाका सम्भावित भावि मेयर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

यी हुन् विदुर र बेलकोटगढी नगरपालिकाका सम्भावित भावि मेयर

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा चुनावी सरगर्मी पनि धेरै बढेको छ ।
जिल्लामा तीन ठूला दलबाट को को उम्मेदवार होला भनेर चर्चा चल्न थालेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र) वडास्तरीय तथा नगर र गाउँपालिकास्तरीय सङ्गठन विस्तारमा जुट्न थालेका छन् ।

यी हुन् विदुर र बेलकोटगढी नगरपालिकाका सम्भावित भावि मेयर

नुवाकोट  । नुवाकोट जिल्ला अहिले रणनीतिक रुपमा पनि देशकै आकर्षणको जिल्ला हो । यहाँका दुई नगरपालिका अहिले सबैको आकर्षणको केन्द्र बनेको छ । केरु–काठमाडौं रेल मार्गदेखि चीनसँगको व्ष्यापारका लागि अहिले नुवाकोट केन्द्र बन्दै छ र यहाँको दुई नगरपालिकाको मेयर बन्ने व्यक्तित्व देशकै अकर्षक मेयर हुने भएकाले मेयका लागि रस्सा कस्सी चलेको छ ।

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा चुनावी सरगर्मी पनि धेरै बढेको छ । 
जिल्लामा तीन ठूला दलबाट को को उम्मेदवार होला भनेर चर्चा चल्न थालेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र) वडास्तरीय तथा नगर र गाउँपालिकास्तरीय सङ्गठन विस्तारमा जुट्न थालेका छन् । 

यहाँका दुई नगरपालिकामा प्रमुखमा को को उम्मेदवार होलान् भनेर चर्चा चल्न थालेको छ भने केही सामाजिक सञ्जालमार्फत प्रमुखका लागि आआफ्नो उम्मेदवारीसमेत घोषणा गर्न थालेका छन् । दलले आधिकारिक रुपमा कोही कसैलाई उम्मेदवार भनेर अघि नसारेपछि कार्यकर्ताबीच सम्भावित उम्मेदवारको चर्चा चल्न थालेको हो । 

विदुर नगरपालिकाका लागि नेकपा (एमाले)बाट केही नेता प्रमुखका उम्मेदवार बन्न आकाङ्क्षी देखिएका छन् । एमालेबाट हाल जिल्ला कमिटीका सचिव बुद्धि प्रधान, पूर्वप्रमुख ठाकुरप्रसाद गजुरेल, विदुर नगर एमाले संयोजक शरणउत्सुक सापकोटा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय सदस्य पार्वती प्याकुरेल, विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर खनाल, सञ्जु पण्डित, रामकृष्ण राजभण्डारीलगायतको नाम बाहिर आएको छ । 

दुई कार्यकाल प्रमुख भइसकेका गजुरेलले पार्टी छाडेर डेढ दशकपछि गत वर्ष मात्र एमलेमा प्रवेश गरेकाले पार्टी पङ्क्तिमा पुरानालाई होइन नयाँलाई उम्मेदवार बनाउनुपर्छ भन्ने कुरा पनि आएको छ । एमाले विदुर नगरकमिटीका संयोजक सापेकाटा प्रमुखका लागि अब नयाँ पुस्तालाई पार्टीले अघि सार्नुपर्ने बताउनुहुन्छ । 

काँग्रेसले पनि विदुर नगरपालिकाको जितलाई प्राथमिकतामा राख्दै धु्रव अधिकारीलाई प्रमुखको उम्मेदवार बनाउने सम्भावना बलियो देखिएको छ । अन्य दाबेदारमा पार्टी जिल्ला सचिव सुरेन्द्रराज अधिकारी, नेत्री बिन्दा अर्याल, नेता विष्णु आचार्य, रामप्रसाद जोशी, हरिकृष्ण श्रेष्ठ, हरिलाल श्रेष्ठ, मोहनबहादुर खड्का, फैसिंह तामाङ, शिवप्रसाद गजुरेल, भरत खड्कालगायतको नाम आएको छ । 

कांग्रेसले विदुरमा मोहनबहादुर खड्कालाई टिकट दिने लगभग पक्का भएको कांग्रेस कार्यकताएहरुले बताएका छन् ।

खड्का विदुरको सबैभन्दा बढी जनसंख्या भएको स्थानका बासिन्दाका रुपमा रहनु, जिल्लामा सर्वसाधारणसँगको पहँच बढी हुनु र गत संविधानसभा निर्वाचनमा सांसदका उम्मेदवार बहादुरसिंह लामालाई अत्याधिक मतले विजयी गर्न भुमिका खेल्नुका कारण मोहन खड्काले टिकट पाउने सम्भावना बढी रहेको बताइएको छ । 

यस्तै खड३काले विदुर नगरपालिका अन्तरगतका विभिन्न सामाजिक संघ संस्थाहरु र सामुदायीक विद्यालयहरुको स्तर उन्नतीका लागि पुर्याएको योगदान र विदुर नगरको विकासका लागि बनाएको खाकाका कारण उनी जिल्लामा लोकप्रिय छन् । ।

नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रमुखका लागि पार्टी अध्यक्ष हिरानाथ खतिवडाले समेत रुचि देखाउनुभएको छ । खतिवडाबाहेक लीलानाथ न्यौपाने, राजेन्द्र महर्जन, नारायणबहादुर पाण्डे, सन्तोष रिजाल, सुभद्रा नेपाल, मधु दवाडीको नाम पनि चर्चामा छ । 

संसद्को चौथो ठूलो दल राप्रपाले कमानसिंह लामा, पूर्णलाल श्रेष्ठ, विष्णुप्रसाद सापकोटा, रामकृष्ण भट्टलगायतमध्येबाट उम्मेदवार बनाउने सम्भावना छ । नयाँ शक्ति नेपालले भने नवराज ढुङ्गाना, चेतनाथ अधिकारी, भीमलाल तामाङ, शर्मिला थापामगरलगायतमध्येबाट उठाउने बताइएको छ । 

नयाँ नगरपालिका बेलकोटगढीको प्रमुखका लागि पनि थुपै्र आकाङ्क्षी देखिएका छन् । राजनीतिमा धेरै भोटो फटाएकादेखि नयाँ पुस्तासम्मको नाम बाहिर आएको छ ।

सााबिकका बेलकोट, कुमरी, दुईपिपल, रातमाटे, जिलिङ र मदानपुर गाविसलाई मिलाएर बनाइएको बेलकोटगढीमा एमालेबाट प्रमुखको बलियो दाबेदार वासुदेव कडुवाल देखिनुभएको छ । साबिकको बेलकोट गाविसका पूर्वअध्यक्ष कडुवाल एमालेको अघिल्लो जिल्ला समितिको सचिव हुनुहुन्थ्यो । कडुवालले नपाएमा विष्णु लोहनीले टिकट पाउने सम्भावना बलियो रहेको एमालेवृत्तमा चर्चा छ ।  

यस्तै जिफन्टका तीन नम्वर प्रदेश सचिव रामहरी नेपाललाई पनि प्रवल दावेदारका रुपमा हेरिएको छ । युवा नेता नेपाल पछिल्लो समय नुवाकोटमा चर्चित छन । एमालेको जनवर्गिय संगठनहरुमा राम्रो काम गरेका र पार्टी राजनीतिमा पनि पहुँच बनाउका नेपाल पनि मेयरका लागि उपयुक्त पात्रका रुपमा देखिएको एमाले कार्यकर्ताहरुले बताउने गरेका छन ।

एमालेको पकड रहेको रातमाटेका स्थानीय भएका कारण पनि नेपाललाई टिकट दिँदा जित्न सहज हुने एमाले कार्यकर्ताहरुले बताएका छन् भने युवा अभियानले पनि उनलाई समर्थन गर्ने संकेत दिएको छ । नेपालले बेलकोठटढी नगरपालिकाको विकासका लागि रणनीतिक योजना समेत बनाइसकेका छन् । 

यस्तै बेलकोटगढीका लागि राजेन्द्ररमण खनाल, ठाकुर पुडासैनी, माधवप्रसाद गजुरेल, यमप्रसाद खतिवडा, नवराज तिवारीलगायतको नाम पनि सतहमा आएको छ । 

काँग्रेसका तर्फबाट विष्णुराज नेपाल, प्रताप लामा, भूपेन्द्र बानियाँ, बैकुण्ठ पाण्डे, बदं्री त्रिपाठी, इन्द्र लामा, सुकदेव दाहाल, जयराम दाहाललगायतको नाम आएको छ । 
माओवादी केन्द्रबाट रामप्रसाद ढुङ्गाना, पूर्वसभासद् विमला सुवेदीदेखि मुकुन्द पौडेल, जगतबहादुर लामाको नाम आएको छ । राप्रपाबाट ईश्वर दाहाल, माधव पौडेललगायतको नाम चर्चामा छ । 

नयाँ शक्तिबाट राजकुमार रेग्मी, नवराज ढुङ्गाना, गोकर्ण न्यौपाने पनि महत्वाकाङ्क्षीका रुपमा देखिनुभएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);