को बन्ला काठमाडौं महानगरको मेयर, यी हुन् प्रमुख चार दलका उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

को बन्ला काठमाडौं महानगरको मेयर, यी हुन् प्रमुख चार दलका उम्मेदवार

यतीबेला मुलुक निर्वाचनमय बनेको छ । स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३१ गते हुने भएपछि देशभरका स्थानीय तहमा निर्वाचनको चहल पहल बढेको छ । चुनाव नजिकिँदै जाँदा गाउँपालिका, नगरपालिकामा उम्मेदवार हुने आकांक्षीहरु बढीरहेका छन् ।

को बन्ला काठमाडौं महानगरको मेयर

काठमाडौं । यतीबेला मुलुक निर्वाचनमय बनेको छ । स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३१ गते हुने भएपछि देशभरका स्थानीय तहमा निर्वाचनको चहल पहल बढेको छ ।

चुनाव नजिकिँदै जाँदा गाउँपालिका, नगरपालिकामा उम्मेदवार हुने आकांक्षीहरु बढीरहेका छन् । देशकै सबैभन्दा पुरानो र ऐतिहासिक काठमाडौं महानगरपालिकाको भावि नेतृत्वमा को आउँछ भन्ने चर्चा सुरु भएको छ ।

काठमाडौं महानगरपालिका राजधानी सहर भएकाले पनि यहाँको चुनावको विशेष चर्चा हुने गर्दछ ।

महानगरपालिकाको नेतृत्व लिनका लागि प्रमुख तीन दल सहित राप्रपाले समेत चुनावी प्रचारलाई तिब्र पारेको छ भने उम्मेदवार छनौटका लागि ति दिलहरु आन्तरिक छलफलमा जुटेका छन् ।

दुई लाख ७४ हजार चार सय ३८ मतदाता रहेको महानगरपालिकामा ३२ वटा वडा छन् भने तीन सय ७९ मतदान केन्द्र निर्धारण भएको छ ।

महानगरको इतिहास हेने हो भने यहाँका स्थानीय नेवार समुदायको बाक्लो बस्ती भएका कारण स्थानीय नेवार समुदायका उम्मेदवारहरुले नै बाजी माने देखिन्छ ।

२०४९ सालमा भएको स्थानीय चुनावमा कांग्रेसका पिएल सिंह, २०५४ को स्थानीय चुनावमा एमालेका केशव स्थापित विजयी भएका थिए ।

काठमडौंका नौवटा निर्वाचन क्षेत्रको मुख्य मुख्य भाग महानगरभित्र पर्ने हुनाले यही भागका मतदाताहरुको रोजाइमा पर्नसक्ने उम्मेदवार विजयी हुने पक्का छ ।

यी हुनसक्छन् कांग्रेसका उम्मेदवार
स्थानीय चुनावमा नेपाली कांग्रेसबाट मेयरको उम्मेद्वार बन्न चाहने आकांक्षीहरु आधा दर्जन बढी छन् । हुन त स्वास्थ्य मन्त्री रहेका कांग्रेसका युवा नेता गगन थापा पनि उम्मेदवार हुने चर्चा छ । तर थापाले आफु उम्मेदवार नबन्ने बताइसकेका छन् ।

यस्तै उद्योगमन्त्री नविन्द्रराज जोशीको चर्चा चलिरहेको छ । त्यस्तै ६ नम्वर क्षेत्रका सांसद भीमसेनदास प्रधान, पुर्व मन्त्री तीर्थमान डंगोल, राजुराम जोशी, नरोक्तम वैद्य, प्रतिमान रञ्जितलगायका नेताहरुले पनि उम्मेद्वारीका लागि आकंक्षा देखाएका छन् ।

तर, डंगोल स्थानीय नेता भएका कारण उनले टिकट पाउने लगभग पक्का जस्तै भएको कांग्रेस स्रोतको दाबी छ । स्रोतका अनुसार पुर्वमन्त्री डंगोललाई टिकट दिँदा जित्न सकिने अनुमान छ । यस्तै उपमेयरमा नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंहको नाम तय भएको बताइएको छ ।

यी हुन् एमालेका आकांक्षी
राष्ट्रियताको मुद्दा उठाएर चुनावमा होमीएको एमालेले काठमाडौं महानगरपालिकालाई प्रतिष्ठाको विषय बनाएको छ ।

शिक्षित मतदाताको वर्चस्व रहेको काठमाडौंमा स्थानीय र नेवार समुदायको उम्मेद्वारलाई मतदाताले बढी पत्याउने अवस्था रहेकाले एमालेले यस्तै उम्मेदवारको खोजि थालेको छ ।

उम्मेद्वार बन्न एमालेभित्र पनि निक्कै प्रतिस्पर्धा देखिएको छ । कतिसम्म भने एमाले यही विषयलाई लिएर विभाजित जस्तै भएको छ । माधव नेपाल पक्षले अलग भेला आयोजना गरेको छ ।

एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव योगेश भट्टराईको समेत नाम चर्चामा ल्याइएको छ । भट्टराइले भने आफु उम्मेदवार नहुने बताइसकेका छन् ।

नेताहरु कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, सानु श्रेष्ठ, वसन्त मानन्धर, बिना श्रेष्ठको नाम पनि चर्चामा छ ।

तर, एमालेले काठमाडौंमा प्रभाव पार्न सक्ने नेतालाई उम्मेदवार बनाउने भएको छ ।

काठमाडौंको ७ नम्वर क्षेत्रका सांसद रामवीर मानन्धरलाई मेयरमा उठाउने बारेमा शीर्ष तहमा छलफल जारी छ ।

मानन्धर दोस्रो संविधानसभा निर्वचनमा भारी मत अन्तरले विजयी भएका थिए ।

सामान्य जीवन शैली अपनाउने, कार्यकर्ताका बीचमा घुलमिल हुन सक्ने र विकासको ठोस योजना बनाएर अघि बढ्ने क्षमता भएकाले उनलाई टिकट दिने सम्भावना बढी रहेको एमाले उच्च स्रोतको दाबी छ ।

मानन्धर दुई पटक महानगरको वडा अध्यक्षका रुपमा काम गरिसकेका व्यक्ति हुन् ।

मानन्धरलाई उम्मेदवार बनाउँदा नेपाल पक्ष पनि सन्तुष्ट हुने र काठमाडौं महानगरका अधिकांस क्षेत्रका मतदातासँग राम्रो सम्बन्ध भएका कारण जित्न पनि सहज हुने एमालेको आंकलन छ ।

काठमाडौं विकासको खाका बनाएका मानन्धरलाई एमालेले काठमाडौंको चुनावी अभियानको सहकमाण्डर समेत बनाएको छ ।

यता २०५४ सालमा एमालेका तर्फबाट मेयर जितेका अनि माओवादी केन्द्र, प्रजा परिषद्, संघीय समाजवादी हुँदै अहिले फेरि एमालेमै फर्किएका नेता केशव स्थापित पनि आकांक्षीका रुपमा देखिएका छन् ।

पछिल्लो समय देखिएको विवाद समाधान गर्न सकेन भने एमालेलाई केही समस्या हुने देखिएको छ ।

यी हुने माओवादी केन्द्रका सम्भावित
नेकपा (माओवादी केन्द्र)ले पनि काठमाडौं महानगरपालिकालाई प्रतिष्ठाको विषय बनाएको छ ।

माओवादीका पोलिटब्युरो सदस्य एवं महानगर इञ्चार्ज सर्वोत्तम डंगोलले टिकट पाउने सम्भावना बलियो बनेको छ ।

तर, ३ नम्बर प्रदेशका इञ्चार्ज हितमान शाक्य, युवा नेता हिमाल शर्मा लगायतको नाम पनि चर्चामा छ ।

यता दोस्रो संविधानसभा चुनावमा समानुपातिक चुनावमा धेरै मत ल्याएको राप्रपाले पनि काठमाडौंलाई प्रतिष्ठाको विषय बनाएको छ । उस्ले पार्टी केन्द्रीय सदस्य राजाराम श्रेष्ठलाई उम्मेदवार बनाउने लगभग तय गरिसकेको छ ।

यसरी काठमाडौं महानगरपालिकाका लागि प्रमुख चार दलका बीच लडाईं हुने देखिएको छ ।

यसमा अन्य केही साना दल र न्युटल बसेका मतदाताको मत जस्ले लिन सक्छ उही विजयी हुने लगभग पक्का जस्तै देखिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);