जाजरकोटमा चुनाबी माहोल तीव्र | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जाजरकोटमा चुनाबी माहोल तीव्र

सरस्वती गिरी,
७ बैशाख जाजरकोट ।
स्थानीय तह निर्बाचनको मिति नजिकिदै गर्दा पहाडी जिल्ला जाजरकोटमा चुनाबी सरगर्मी बढेको छ । दलहरुमा उम्मेद्वार छान्ने कसरतसंगै प्रचार प्रसारको समेत शुरुवात गरेका छन । दलहरुलाइ उम्मेद्वार छान्न सकस परे

जाजरकोटमा चुनाबी माहोल तीव्र

 

 

सरस्वती गिरी, ७ बैशाख जाजरकोट । स्थानीय तह निर्बाचनको मिति नजिकिदै गर्दा पहाडी जिल्ला जाजरकोटमा चुनाबी सरगर्मी बढेको छ । दलहरुमा उम्मेद्वार छान्ने कसरतसंगै प्रचार प्रसारको समेत शुरुवात गरेका छन । दलहरुलाइ उम्मेद्वार छान्न सकस परे पनि प्रसार प्रचार भने शुरुवात गरि सकेका छन ।

 

७ वटा स्थानीय तहमा दलहरुले वडा स्तरमा उम्मेद्वार छाने पनि नगर प्रमुख उपप्रमुख गाउँ पालिकामा अध्यक्ष र उपाध्यक्ष छान्न भने दलहरुलाइ सकस परेको छ । नेपली काँग्रेस नेकपा एमाले र माओबादी केन्द्र तीन ठुला दलले प्रमुख पदमा उम्मेद्वारको टुङ्गो लगाउन सकेका छैनन । १२ वटा दल दर्ता भएको जाजरकोटमा मुख्य दलहरुबिच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

 

राप्रपा लगायतका साना दलहरुले समेत चुनाब जित्ने दाबी गर्न थालेका छन् । निर्बाचनका लागि संबेदनशिल जिल्ला मानिएको जाजरकोटमा सुरक्षा ब्यबस्था कडा पारिएको छ । निर्बाचनका लागि जिल्ला स्तरमा तयारीको तिब्र बनेको जिल्ला निर्बाचन अधिकारी हरीबहादुर बुढाथोकी बताउनु हुन्छ । चुनाबको सरगर्मि बढेसंगै स्थानीय खुशी भएका छन । चुनाबाबाट आफ्ना प्रतिनिधि छान्ने अबसर आएको स्थनीयको भनाइ छ । निर्बाचनको मिति नजिकिदै जाँदा चुनाब निष्पक्ष र धाँदली रहित हनुपर्ने स्थानीयको माग छ ।

 

जनताले आफ्ना प्रतिनिधि भयरहित वाताबरणमा छान्न पाउनु पर्ने मतदाताले बताउन थालेका छन । ७८ हजार ९ सय ४७ मतदाता रहेको जाजरकोटमा ८५ मतदान स्थल र १ सय १३ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्बाचनका लागि दलहरु भने गाउँ गाउँमा चुनाबी मुद्धा बोकेर जनता फकाउन थालेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);