६ वटा मधेस केन्द्रीत दलबीच एकता | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

६ वटा मधेस केन्द्रीत दलबीच एकता

७ बैशाख, काठमाडौं । मधेस केन्द्रित राजनीति गर्दै आएका छ वटा दल मिलेर नयाँ दल घोषणा गरेका छन् । महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र महेन्द्र यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टीबिच एकता भएको हो ।

पार्टी एकता घोषणाको अन्तिम चरणमा अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी समेत एकता प्रक्रियामा जोडिएको छ । नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी राखिएको छ । त्यस्तै चुनाव चिन्ह छाता राख्ने सहमति भएको छ । नयाँ दलको सकेसम्म छिटो महाधिवेशन गर्ने र त्यतिन्जेल सम्मका लागि सामुहिक नेतृत्वमा पार्टी रहने सहमति भएको छ ।

अहिले सबै दलका शीर्ष नेता रहेको अध्यक्ष मण्डल रहने र पालैपालो अध्यक्षता गर्ने सहमति भएको छ । मधेस आन्दोलनको नेतृत्व गरेको उपेन्द्र यादव नेतृत्वको दल संघीय समाजबादी फोरम बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिसँग एकता गर्ने तयारीमा छ । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक आफै साना दलहरुलाई गाभ्ने अभियान चलाइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);