नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच वैशाख २३ गते एकता गर्ने सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच वैशाख २३ गते एकता गर्ने सहमति

बाबुराम

काठमाडौं, २१ बैशाख । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकीकरण हुने भएको छ । दुवै पार्टीको शनिवार बसेको बैठकले एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राख्ने समेत निर्णय गरेको छ । त्यसैगरी पार्टी एकता घोषण वैशाख २३ गते गर्ने सहमति भएको यादव र भट्टराईद्वारा शुक्रवार हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

नयाँ बन्ने समाजवादी पार्टी नेपालको अध्यक्षमा डाक्टर भट्टराई र उपेन्द्र यादव दुवै अध्यक्ष रहनेछन् । दुई पार्टीका नेताहरुबीच केही दिनयता पार्टी एकताको विषयलाई लिएर पटक-पटक वार्ता र छलफल चलेको थियो ।

अब बन्ने पार्टीमा संघीय परिषद्का अध्यक्ष भट्टराई हुनेछन् भने केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने सहमति भएको छ । वरीयताक्रममा भने भट्टराई पहिलो नम्बरमा रहेन जनार्ईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);