जस्ले अहिले पनि कोल घुमाएर तेल निकाल्छन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

जस्ले अहिले पनि कोल घुमाएर तेल निकाल्छन्

सरस्वती गिरी,१८ बैशाख ,जाजरकोट ।
पहाडी जिल्ला जाजरकोटका बासिन्दा अहिले पनि कोल घुमाएर तेल निकाल्न बाध्य छन ।
गरिबीका कारण गाउँमा मिल सम्म बनाउन नसक्दा दुर्गमका बासिन्दालाई कोल घुमाएर तेल निकाल्नु पर्ने बाध्यता

जस्ले अहिले पनि कोल घुमाएर तेल निकाल्छन्

सरस्वती गिरी,१८ बैशाख जाजरकोट ।

 

पहाडी जिल्ला जाजरकोटका बासिन्दा अहिले पनि कोल घुमाएर तेल निकाल्न बाध्य छन । गरिबीका कारण गाउँमा मिल सम्म बनाउन नसक्दा दुर्गमका बासिन्दालाई कोल घुमाएर तेल निकाल्नु पर्ने बाध्यता भएको हो । जिल्लाका अधिकांस स्थानमा स्थानीयले परम्परागत कोलबाट तेल निकाल्ने गर्दछन । चिउरी, तोरी, ओखर र सर्सु कोलमा पेलेर तेल बनाउन स्थानीयलाइ निकै सास्ती हुने गरेको छ । दुर्गम गाउँमा आधुनिक मिल सम्म बनाउन नसक्दा तेल बनाउन निकै हैरानी हुने गरेको स्थानीयको भनाइ छ । कोल घुमाउन धेरै जनशक्ति चाहिने भएकोले तेल निकाल्न सजिलो नहुने स्थानीयको दुखेसो छ ।

 

शहर बजारमा नयाँ नयाँ यन्त्र उपकरणको प्रयोगबाट तेल निकाल्ने गरिए पनि जाजरकोटमा दुर्गम गाउँमा भने अझै ढिकि जाँतो र कोलको प्रयोग अझै घटेको छैन । घरमा पुरुष नभएको बेला कोलबाट तेल निकाल्न निकै सास्ती हुने गरेका महिलाहरु वताउछन् । कोलबाट निकालेको तेल शुद्ध र स्वादिष्ट हुने भएकोले शहर बजारमा समेत कोलको तेलको माग बढ्ने गरेको छ । आफ्नो लगानीबाट मिल बनाउन नसक्ने दुर्गम गाउँका बासिन्दाले मिल बनाइदिन सबैसंग माग गर्दै आएका छन । तर उनीहरुको मागको सुनुवाइ हुन सकेको छैन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);