प्यूठानमा स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा चुनावी चर्चा चुलिदो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्यूठानमा स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा चुनावी चर्चा चुलिदो

हरि भण्डारी,२६ चैत्र प्यूठान ।
राष्ट्रिय राजनीतिमा प्राय चर्चामा रहने प्यूठान जिल्लामा स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा चुनावी चर्चा चुलिन थालेको छ । अहिलेसम्मका निर्वाचनमा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस र माओवादी केन्द्रले पालैपालो जितेको भएपनि यसपटक भने माहोल अलि फरक बन्दै गएको छ ।

प्यूठानमा स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा चुनावी चर्चा चुलिदो

 

 

हरि भण्डारी,२६ चैत्र प्यूठान । राष्ट्रिय राजनीतिमा प्राय चर्चामा रहने प्यूठान जिल्लामा स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा चुनावी चर्चा चुलिन थालेको छ । अहिलेसम्मका निर्वाचनमा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस र माओवादी केन्द्रले पालैपालो जितेको भएपनि यसपटक भने माहोल अलि फरक बन्दै गएको छ । मोहन विक्रम सिंह, मोहन वैद्य किरण, वामदेव गौतम, डा. गोविन्दराज पोख्रेल र लिलामणि पोख्रेलजस्ता राष्ट्रिय राजनीतिमा परिचित नेताहरुको गृहजिल्ला भएकाले प्यूठान जिल्ला निर्वाचनको वेलामा चर्चामा आउने गर्छ । प्यूठानका गाँउ र वजारमा आगामि निर्वाचनवारे चर्चा र संभावित नतिजाबारे अड्कलवाजी हुनथालेको छ ।

 

राजनीतिक दलहहरु नयाँ संघिय संरचनाअनुसार संगठन निर्माण गरी चुनावको तयारीमा लागि रहेका छन्।संगठन निर्माणसंगैदलहरुले उम्मेदवार कसरी र के आधारमा छनोट गर्ने भन्ने तयारी पनि गरीरहेका छन् । अहिलेसम्म कुनैपनि दलले उम्मेदवारको नाम निश्चित नगरेपनि जनताले सम्भावित उमेदवारको बारेमा आँकलन गरिरहेका छन ्। जनताबीच लोकप्रिय, पार्टीमा गरेको लगानि र स्थानीय तह सञ्चालनको दक्षतालाई ख्याल गरेर उम्मेदवार निश्चित गर्ने दलका नेताहरु वताउछन् ।

 

अधिकारसहितको स्थानीय तहको निर्वाचनका लागि क्रियाशील अधिकांस नेताहरु उम्मेदारको आकांक्षी देखिन्छन् ।स्थानीय तहका अधिकार र संविधानलाई लागु गर्न तत्काल स्थानीय चुनाव हुनुपर्ने भन्दै स्थानीय नेताहरु पनि निकै लागि परेका छन् । प्यूठानमा २०४८ को निर्वाचनमा दुवै क्षेत्र नेपाली कांग्रेसले जितेको थियो। ५१ को निर्वाचनमा यौटा क्षेत्र राष्टिय जनमोर्चा र यौटा नेपाली कांग्रेसले जित्यो भने ५६ को निर्वाचनमा २ वटै क्षेत्र राष्टिय जनमोर्चाले जितेको थियो ।

 

२०६४ को संविधानसभा निर्वाचनमा दुवै क्षेत्र माओवादीले जितेपनि २०७० को दोश्रो संविधानसभा निर्वाचनमा दुवै क्षेत्र एमालेले जित्यो । चुनावको समयमा विकासका ठुलाठुला योजना सुनेका नागरीकले यसपालि भोट माग्न आउनेलाई विगतमा के काम गर्नुभयो? भनेर सोध्ने मनसायमा छन् । कतिपय गाउँपालिकामा निर्वाचन अस्विकार गरीरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको वलियो जनमत रहेकोले उनिहरुको भुमिकाले पनि निर्वाचनको परिणाममा केहि फरक पार्नसक्ने जानकारहरु वताउछन् ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);