स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा दलहरु चुनावी तालमेलमा व्यस्त, जसरी पनि जित्ने रणनीति बनाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा दलहरु चुनावी तालमेलमा व्यस्त, जसरी पनि जित्ने रणनीति बनाउँदै

विनय कुमार । २१ बैशाख, काठमाडौ ।
स्थानीय निर्वाचन आउन धेरै दिन बाँकी छैन । चुनावमा भाग लिएका राजनीतिक दलहरुले आ–आफ्नो क्षेत्रमा चुनावी प्रचार प्रसार तीव्र पारेका छन् । जसमा प्रमुख राजनीतिक दलहरु चुनावी तालमेल गरेरै भएपनि जित्ने दाऊमा होमिएका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरुबीच चुनावी तालमेल सुरु भएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा दलहरु चुनावी तालमेलमा व्यस्त

विनय कुमार ।  २१ बैशाख, काठमाडौ ।

स्थानीय निर्वाचन आउन धेरै दिन बाँकी छैन । चुनावमा भाग लिएका राजनीतिक दलहरुले आ–आफ्नो क्षेत्रमा चुनावी प्रचार प्रसार तीव्र पारेका छन् । जसमा प्रमुख राजनीतिक दलहरु चुनावी तालमेल गरेरै भएपनि जित्ने दाऊमा होमिएका छन् ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरुबीच चुनावी तालमेल सुरु भएको छ । उम्मेदवारी मनोनयन दर्ता गर्नुभन्दा पहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कुनै दलसँग तालमेल गर्ला भन्ने संकेत समेत दिएको थिएन । तर, सिंहदरबारमा मंगलवार एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच भएको एउटा भेटले चुनावी तालमेल हुन पुग्यो । र, काठमाडौंबाट एमालेले मेयरमा विद्यासुन्दर शाक्य र उपमेयरमा राजाराम श्रेष्ठलाई अघि सा¥यो ।एमालेले ३, ४ र ६ नम्बर प्रदेशका विभिन्न नगरपालिकामा नेकपा माओवादी केन्द्रसँग पनि चुनावी तालमेल गरेको छ ।

एमालेले राप्रपासँग चुनावी तालमेल गर्दैगर्दा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले कुनै अर्को दलसँग चुनावी तालमेल गर्ने अवस्था आएन । कारण थियो, नेकपा माओवादी केन्द्रसँग सहमती नहुनु । अन्ततः कांग्रेसले आफ्नो एकल उम्मेदवार राजुराज जोशीलाई मेयरमा र उपमेयरमा हरिप्रभा श्रेष्ठ खड्गीलाई अघि सा¥यो । तर, बिहीवार सात्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच पनि चुनावी तालमेल भएको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तीनवटा महानगरपालिकामा चुनावी तालमेल भएको हो । अब, माओवादी केन्द्रले काठमाडौं र पोखरा महानगरमा कांग्रेसलाई सघाउने र भरतपुर महानगरमा कांग्रेसले माओवादी केन्द्रलाई सघाउने भएको छ । माओवादी केन्द्रले भरतपुर महानगरमा प्रचण्डपुत्री रेणु दाहाललाई अघि सारेको छ । त्यस्तै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच पनि चुनावी तालमेल भएको छ । फोरम र नयाँ शक्तिले संयुक्त रुपमा काठमाडौं महानगरको मेयरमा पवित्र बज्राचार्य र उपमेयरमा सविना अर्याललाई अघि सारेको छ ।

त्यस्तै नयाँ राजनीतिक दलको रुपमा चर्चामा रहेका विवेकशिल नेपालीले पनि २१ वर्षीया रञ्जु न्यौपाने दर्शनालाई मेयरको उम्मेदवार बनाएको छ । उपमेयरमा भने विवेकशिल नेपालीले कुनै उम्मेदवार अघि सारेको छैन । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);