प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि कांग्रेस–एमालेबीच तालमेल नहुने, राजपाले तालमेलका लागि संघीय फोरमलाई आग्रह गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

काठमाडौं, १६ असोज ।  नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमालेसँग चुनावी तालमेल नगर्ने बताएका छन् ।

सोमबार राजधानीमा आयोजित साक्षात्कारमा उनले एमालेबाहेकका अन्य शक्तिसँग भने काँग्रेसले तालमेल गर्न सक्ने बताएका हुन् । राष्ट्रिय मुद्धामा साझा दृष्टिकोण राख्ने पार्टीसँग मात्र चुनावी तालमेल हुन सक्ने उनको भनाइ थियो ।

कार्यक्रममा एमाले नेता प्रदीप ज्ञवालीले पनि कांग्रेसबाहेकका दलसँगमात्रै चुनावी तालमेल हुने बताए । खासगरी राष्ट्रवादी र बामपन्थी शक्तिसँग एमालेले चुनावी तालमेल गर्ने निर्णय नै गरिसकेको भन्दै उनले कांग्रेससँग कुनै हालतमा तालमेल नहुने स्पष्ट पारे।

सोही कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिषकुमार सुमनले संविधान संशोधनको मुद्दालाई अघि बढाउन सहयोग गर्ने पार्टीसँग राजपाले चुनावी तालमेल गर्ने बताउए । चुनावी तालमेलका लागि पहिलो प्राथमिकता भने संघीय समाजवादी फोरमलाई दिने उनको भनाइ थियो ।

 

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरमा हुने तय भएको छ । त्यसका लागि दलहरु आन्तरिक तयारीमा समेत जुटिसकेका छन् । निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाउने कसरतसँगै दलहरु चुनावी तालमेलको विषयमा पनि छलफल गरिरहेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);