एमालेको प्रस्ताबमा माओवादी सकारात्मक, आज बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, १६ असोज । आगामी चुनावमा तालमेल गर्ने नेकपा एमालेको प्रस्ताबमा माओवादी केन्द्र पनि सकारात्मक देखिएको छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरुले सबै दलसँग सबै ठाउँमा तालमेल हुने र एमालेसँग बलियो तालमेल गर्न तयार रहेको बताएका छन् । एमालेको निर्णयपछि धारणा बनाउन आज माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।

एमालेले चुनावी तालमेल कसरी गर्ने भनेर अन्तिम निर्णय गर्ने जिम्मा भने स्थानीय पार्टी कमिटीलाई नै दिएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा गर्ने सरकारको निर्णय अनुसार दलहरु तयारीमा लागेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);