आगामी चुनावका लागि रणनीति बनाउन शीर्ष दलहरु व्यस्त | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

काठमाडौं, १६ असोज ।  प्रदेश र प्रतिनीधि सभाको चुनावका लागि दलहरुले रणनीति बनाउन लागी परेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रले सम्भावित उम्मेद्वारको नामावली केन्द्रमा पठाउन स्थानीय तहका मातहतका कमिटीलाई समयसिमा नै तोकेका छन् । दलहरुले अबको केहीदिनमै स्थानीय कमिटीबाट आएका उम्मेद्वारको नाम केन्द्रबाट टुंगो लगाउने तयारी गरेका छन् ।

नेपाली कांग्रेसले २२गतेसम्म उम्मेदवार छनौट सक्ने छ भने एमालेले यसअघि नै तय गरेको मापदण्ड अनुसार उम्मेदवार छनौट गरिरहेको छ । माओवादी केन्द्रले भने केही ठाउँमा उम्मेद्वार छान्ने काम सकेर प्रचार प्रसार नै सुरु गरेको छ । राजपालगायतका मधेस केन्द्रितदलले भने छलफल सुरु गरेका छैनन ।

निर्वाचन आयोगले आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची बुझाउन असोज २९ गतेसम्मको समय दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);