तालमेलको रणनीति र घोषणापत्र बनाउन तीन दलको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तालमेलको रणनीति र घोषणापत्र बनाउन तीन दलको बैठक बस्दै

काठमाडौँ, १८ असोज । चुनावी तालमेल र पार्टी एकताको निर्णय गरेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीचको बैठक आज बस्दैछ। आजको बैठकमा एकता प्रक्रिया र तालमेलको रणनीति, घोषणापत्र बनाउन बनेको कार्यदलले थप रणनीतिक छलफल गर्ने भएको हो।

कार्यदलमा एमालेबाट ४, माओवादी केन्द्रबाट तीन र नयाँशक्तिबाट एक जना राखिएको छ । त्यसको संयोजन एमाले अध्यक्ष केपीओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्। आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेलसहित पार्टी एकता गर्ने हिजो मंगलबार नै औपचारिक घोषणा भएको छ।

चुनाव अघि नै पार्टी एक हुने र त्यो सम्भव नभए माओवादी केन्द्रपनि सूर्य चिन्हबाटै आगामी चुनावमा लड्ने सहमति भने अन्तिम समयमा बिग्रिएको छ। प्रदेश र प्रतिनिधि सभाको चुनावका निम्ति सहकार्यमा आउने अरु दललाई सहमतिमा भागबण्डा गरेर बाँकी रहेको सिटमा एमालेले ६० प्रतिशत र माओवादीले ४० प्रतिशत तालमेलमा बाड्नेगरि सहमति गरेका छन्।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);