पाल्पा मस्यामका कृषक व्यवसायीक कागति खेतितर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रकाश नेपाल,पाल्पा, १३ ।असोज कागती खेतीबाट मनग्गे आम्दानी हुन थालेपछि पाल्पा मस्यामका कृषकहरु कागति खेतितर्फ आकर्षित हुुन थालेका छन् । अन्न खाद्यान्य बाली तथा तरकारी खेती भन्दा मेहनत कम र आम्दानी पनि बढी हुने भएपछि मस्यामका करीव २० जना कृषकले व्यवसायीक रुपमै कागती खेति गरिरहेको छन् ।

बनजंगलको नजिक जंगली जनावर मृग, दुम्सी, खरायो र बादर आतंकबाट आजित भएका पाल्पा मस्यामका कृषकले कागति खेतिलाई वैकल्पिक व्यवसाय बनाएका छन् । बारीमा लगाएको मकै भटमास, मसुरो, केराउ, कोदो फाफर लगायतका खाधान्यहरु जंगली जनावरले सखाप पारेपछि कागति खेती गर्न सुरु गरेको कृषकहरुको भनाइ छ ।

अन्य खाद्यान्न बाली र तरकारी खेतिमा जती मेहनत पनि गर्नुनपर्ने र आम्दानी पनि राम्रो हुने भएपछि कृषकहरु कागती खेतितर्फ आकर्षित भएका छन् । साथै कागति विक्रिवितरण गर्न बजारको अभावसमेत नभएको कृषकहरुको भनाइ छ । कागति बारीबाटै प्रतिगोटा प्रतिगोटा २ रुपैयाँ पचास पैसामा विक्रि हुनेगरेको छ । कागति खेति बाटै कृषकहरुले बार्षिक १५ देखि २० लाख रुपैयासम्म आम्दानी गरीरहेका छन् ।

मस्यामका २० जना कृषकले व्यवसायीक रुपमै कागति खेति गरिरहेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);