कोरोना संक्रमण बढेकाले सचेत रहन जिल्ला प्रशासन सुनसरीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कोरोना संक्रमण बढेकाले सचेत रहन जिल्ला प्रशासन सुनसरीको आग्रह

सुनसरी, ११ चैत । पछिल्लो केहीदिन यता कोभिड १९ का संक्रमितको संख्यामा नेपालमा पनि वृद्धि हुन थाले पछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सचेत रहन अपिल गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबार एक सूचना जारी गर्दै कोभिडको प्रकोप थप सक्रिय भएकाले सचेत रहन आग्रह गरेको हो । नजिकिदैँ गरेको होली पर्वमा समेत भीड नगर्न प्रशासनले भनेको छ ।

सूचनामा, फागु पुर्णिामा अर्थात् होलीमा भीडबाट जोगिने, जमघट नगर्ने, सेनिटाइजर, मास्क र सामाजिक दूरी कायम गर्न भनिएको छ । त्यस्तै, स्थानीय तहले पहिले सन्चालनमा ल्याएका आइसोलेसन र क्वारेन्टिन तयारी अवस्थामा राख्न समेत प्रशासनले निर्देशन दिएको छ ।

केहीदिन देखि देशैभर कोभिडको संक्रमित बढ्दै गएका छन् । सरकारले अभावका कारण खोप अभियान पनि रोकेको छ । दुई महिनासम्म कोरोनाका संक्रमित फेला नपरेको छिमेकी जिल्ला मोरङमा दुई दिन अघि १० जनाबढीमा संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);