'केरुङ च्छो' ताल फुट्ने सक्ने सम्भावना तत्कालका लागि टर्यो | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

‘केरुङ च्छो’ ताल फुट्ने सक्ने सम्भावना तत्कालका लागि टर्यो

kerung tal

देवराज सुवेदी
सिन्धुपाल्चोक , ६ साउन । तिब्बतको नेलाम जिल्लाको कुतीबजार स्थित ‘केरुङ च्छो’ ताल फुट्ने खतरा रहेको भन्दै सिन्धुपाल्चोक प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले हिजो सार्वजानिक सूचना जारीगर्दै सचेत र सजग रहन आग्रह गरेको थियो ।

तातोपानी नाकाबाट करिव ४५ किमि टाढा तिब्ब्तको कुतीबजारबाट उक्त तालको पानी भोटेकोसीमै मिसिने भएकाले खतरा हुन सक्ने अनुमान स्थानीय प्रशासनको छ । कराई आकारको उक्त ताल भरिएकाले त्यसको जमेको पानी ओभर फ्लो हुने वा फुट्न सक्ने शंका गरिएको हो ।

नेपालीले दुध पोखरीको नामले चिनिने उक्त ताल निकै ठूलो रहेको छ । प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार तिब्बतको नेलाम प्रशासनले तातोपानीस्थित सशस्त्र प्रहरीमार्फत सचेत रहन नेपाललाई हिजो साँझ खबर गरेको थियो । तातोपानी स्थित मितेरी पुल पारि चिनियाँ भूभागमा रहेका आफ्ना नागरिकलाई नेलाम प्रशासनले खासा सारेको छ ।

ताल फुटेमा त्यसको असर सीमा क्षेत्र तातोपानीदेखि तल्लोभाग सुनकोसी, भोटेकोसी किनार हुँदै दोलालघाट, सिन्धुली, रामेछाप र तराईका जिल्लामासमेत पर्ने छ । तर त्यहाँबाट पानीको बहाव तल आउन्जेल सूचना पाउन सक्ने भएकाले धेरै आतंकित नभइ सचेत रहन मात्र आब्हान गरेका छौं, ढकालले भन्नुभयो । जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको सुरक्षा निकायको बै ठकले अहिले खासा क्षेत्रमा पानी कम परेकाले आत्तिनुपर्ने अवस्था नरहेपनि निरन्तर वर्षा भइरहेका कारण खोला किनारका बासिन्दा भने सचेत रहनपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी ढकालले सुरक्षित स्थानमा सर्न आग्रह गर्नुभएको छ ।

प्रजिअ ढकालले भन्नुभयो “ताल फुट्छ नै भन्ने ग्यारेन्टी त होईन, ‘सीमाका चिनियाँलाई समेत खासा लगेकाले खतरा देखियो ।’ हिजो माइकिङ मार्फत स्थानीयहरुलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको थियो ।

२०७३ असार २१ गते खासा नजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाउँदै तल्लो तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको थियो । त्यति बेला झण्डै डेढ सय घर संरचना बगाउँदा अरनिको राजमार्गको बाह्रविसे–तातोपानी सडक खण्ड तहसनहस बनाएको थियो।

चिनियाँ प्रतिनिधिले फुट्ने खतरा औँल्याएको केरुङ च्छो ताल खासाबाट केही माथि रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);