वर्षा रोकिएपछि 'केरुङ च्छो' तालको सतह एक मिटर घट्यो | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३ २०८३, मंगलबार

वर्षा रोकिएपछि ‘केरुङ च्छो’ तालको सतह एक मिटर घट्यो

kerung tal

देवराज सुवेदी
सिन्धुपाल्चोक, ६ साउन । खासा नजिकै नेलम कन्ट्रीमा रहेको ‘केरुङ च्छो’ तालको एक मिटर सतह घटेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बताएको छ । खासा बाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले हिजो सार्वजानिक सूचना जारी गर्दै सचेत र सजग रहन आग्रह गरेको थियो ।

चीनको न्यालम र खासाक्षेत्रका वैदेशिक विभाग प्रमुख र प्रतिनिधिले वर्षा रोकिएपछि तालको सतह एक मिटर घटेको जानकारी आफूलाई दिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

२०७३ असार २१ गते खासा नजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाउँदै तल्लो तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको थियो । त्यति बेला झण्डै डेढ सय घर संरचना बगाउँदा अरनिको राजमार्गको बाह्रविसे–तातोपानी सडक खण्ड तहसनहस बनाएको थियो।

चिनियाँ प्रतिनिधिले फुट्ने खतरा औँल्याएको ‘केरुङ च्छो’ ताल खासाबाट केही माथि रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।