कोदोको मदिरा विदेश निर्यात गर्ने व्यवस्था गर्न सरकारसँग सांसद राईको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

कोदोको मदिरा विदेश निर्यात गर्ने व्यवस्था गर्न सरकारसँग सांसद राईको माग

काठमाडौं, ६ साउन । प्रदेश नम्बर–१ कि सांसद उषाकला राईले घरेलु कोदोको मदिरालाई ब्राण्ड बनाई विदेश निर्यात गर्ने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

मङ्गलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सांसद राईले स्थानीय स्तरमा उत्पादन हुने कोदोको मदिरालाई प्रतिबन्ध नगरी ब्राण्डको रूपमा विकास गरी विदेश निर्यात गर्न माग गर्नुभएको हो ।

उहाँले प्रदेश एक सरकारलाई कोदोको मदिरा उत्पादन गर्न ऐन ल्याउन सुझाव दिएको बताउँदै सरकारले विधेयक नल्याए आफूले गैरसरकारी विधेयक प्रदेश संसदमा दर्ता गराउने उल्लेख गर्नुभयो ।

सांसद राईले अहिले नेपालमा दुई खर्ब बढीको विदेशी मदिरा आयात भइरहेको अवस्थामा नेपालमै उत्पादन हुने कोदोको मदिरालाई प्रतिबन्ध लगाउन नहुनेमा जोड दिनुभयो ।

उहाँले घरेलु उधाेगकाे रूपमा कोदोको मदिरा उत्पादन गरी हजारौं युवा र महिलालाई स्वरोजगार बनाउन सकिने बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);