कोदोको लोकल रक्सीलाई ब्राण्डिङ बनाउछौँ : मन्त्री उषाकला राई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कोदोको लोकल रक्सीलाई ब्राण्डिङ बनाउछौँ : मन्त्री उषाकला राई

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले तामाको भाडामा उत्पादन गरिएका कोदोको लोकल रक्सीलाई ब्राण्डिङ गरिने बताएकी छन् ।

बुधबार प्रदेशसभाको बैठलाई सम्बोधन गर्दे मन्त्री राइले तामाको भाडामा राष्ट्रियता बोकेको लोकल रक्सी उत्पादन गरेर ब्राण्डिङ गर्ने बताएकी हुन् ।

प्रदेशसभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले रक्सी ब्राण्डिङ गरेर आर्थिक समृद्धिमा जोडन सकिने भन्दै अब आफ्नो मुख्य प्राथामिक्ता भनेको लोकल रक्सीलाई ब्राण्डिङ बनाउनु रहेको बताएकी छन्।

उत्पादनपछि वैज्ञानिक रुपमा प्रशोधन गरेर दोस्रो स्टेजमा लैजाने मन्त्री राईको तर्क रहेको थियो । स्वदेशको रक्सीलाई ब्राण्डिङ गर्न सके रक्सीको व्यापारमा विस्तारै अन्तर्राष्ट्रिय लगानी पनि आउने उनको तर्क छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);