गुल्मीको मालिका गाउँपालिकामा 'लोकल' रक्सीलाई 'ब्राण्ड' बनाउन ऐन पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गुल्मीको मालिका गाउँपालिकामा ‘लोकल’ रक्सीलाई ‘ब्राण्ड’ बनाउन ऐन पारित

गुल्मी । जिल्लाको मालिका गाउँपालिकाले रक्सीलाई ब्राण्ड बनाउनको लागि ऐन पारित गरेको छ । देशभर लोकल रक्सीलाई ब्राण्डको रूपमा विस्तार गर्नुपर्ने भन्ने बहस चलिरहँदा गुल्मीको मालिका गाउँपालिकाले भने लोकल रक्सीलाई ब्राण्ड बनाउने ऐन नै पारित गरेको हो ।

बिहीबार गाउँपालिकाको नवौं गाउँसभाबाट स्थानीय मदिरा ऎन ९कोदो तथा खुर्पानीको रक्सी० उत्पादन, ब्राण्डिङ, बिक्री वितरण तथा व्यवस्थापन ऐन बहुमतले पारित भएको हो ।

स्थानीय स्तरमै उत्पादन हुने कोदो र विभिन्न फलफूलको रसबाट उत्पादन हुने मदिरालाई ब्राण्डको रुपमा ऐन बनाएर अगाडि बढाउने मालिका गाउँपालिका जिल्लामै पहिलो गाउँपालिका बनेको छ ।

नेपालको सविधान २०७२ को अनुसूची ८ ले दिएको अधिकार प्रयोग गर्दै उक्त ऐन जारी गरिको गाउँपालिकाले जनाएको छ ।

उत्पादित लोकल मदिराको गाउँपालिकाले गुणस्तर मापन गरि स्टिकर टास्ने र शिलबन्दी गर्ने बताईएको छ । साथै लोकल मदिरालाई ब्राण्ड बनाउनका लागि विभिन्न निति नियम बनाईएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले बनाएको नीति तथा नियम भन्दा बाहिर जानेलाई ५० हजारसम्म जरिवाना गर्न सकिने व्यवस्था समेत गाउँपालिकाले गरेको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);