उम्मेदवार नै बालुवा तस्करीमा संलग्न | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

उम्मेदवार नै बालुवा तस्करीमा संलग्न

काठमाडौं । म्याग्दीमा गठबन्धनबाट गण्डकी प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवार नै बालुवा तस्करीमा संलग्न भएको पाईएको छ । म्याग्दीको प्रदेश सभा “ख“ का उम्मेदवार रेशम बहादुर जुग्जाली ‘सुविन’ बालुवा तस्करीमा संलग्न भएको पाईएको हो । मालिका गाउँपालिका ७ घर भएका जुग्जाली सहित सोही स्थानका हेम बहादुर जुग्जाली र मालिका ६ बस्ने अनुप गौचनद्वारा उक्त बालुवा अअवैध रुपमा नदिबाट चोरी निकासी गरेको गाउँपालिकाले जनाएको छ ।

उनीहरुले म्याग्दी नदिमा स्काभेटर र ट्याक्टरको प्रयोग गरेर अवैध रुपमा नदिदोहन गरेर बालुवा तस्करी गरेको गाउँपालिकाले जनाएको छ । मालिका गाउँपालिकाबाट अनुगमन गर्ने क्रममा म्याग्दी खोलाको खारा बगर, फेदी घाट, सिरेदी, सावटा लगाएतको स्थानबाट अबैद्ध रुपमा नदि दोहन गरेर बालुवा चोरी गरिरहेको रहेको पाईएको थियो । कार्तिक १६ गते गाउँपालिकाले अनुगमन गर्दा डाँडाखेत सबस्टेशनमा लुकाई राखेको अवस्थामा १२३१.६५४ घ.मि. बालुबा फेला परेको थियो । उक्त बालुवा म्याग्दी खोलाको भारवाङ्ग खण्डमा अवैध रुपमा नदी दोहन गरी थुपारेर राखेको पालिकाले जनाएको छ ।

बालुवा चोरीको आरोप लागेका गण्डकी प्रदेशसभाका उम्मेदवार जुग्जाली नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक हुन् भने मालिका ६ बस्ने गौचन नेकपा एकीकृत समाजवादी म्याग्दीका नेता हुन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);