'केरुङ च्छो' ताल फुट्ने जोखिम कायमै, सचेत रहन आग्रह | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

‘केरुङ च्छो’ ताल फुट्ने जोखिम कायमै, सचेत रहन आग्रह

kerung tal

सिन्धुपाल्चोक ,१८ साउन । छिमेकी मुलुक चीनमा रहेको न्यालमा जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेकाले सचेत रहन सिन्धुपाल्चोक प्रशासनलाई जानकारी आएकोे छ । ताल फुटेमा सिन्धुपाल्चोक भोटेकोशी तटिय क्षेत्रमा क्षति पुर्याउन सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ।

तिब्वत क्षेत्रमा निरन्तरको वर्षाको कारणले ताल फुट्ने सम्भावना बढेर गएको हो । शनिबार राती पनि भोटेकोशी नदिको बहाव बढेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

‘शनिबार पनि भोटेकोशीको बहाव बढेको थियो । तर, ताल फुटेको हल्ला मात्रै हो । जोखिम उत्तीकै छ’ उहाँले भन्नुभयो, ‘त्यसैले भोटेकोशी तटिय क्षेत्रका स्थानीलाई हामीले सुरक्षित रहन आग्रह गरेको छौँ।’

तातोपानी लगायत सबै पोष्टका प्रहरीलाई नदिको पानीको बहाव निगरानी गर्न निर्देशन दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यसअघि पनि न्यालमा क्षेत्रमा अत्याधिक वर्षापछि ताल फुट्न सक्ने जानकारी आएको थियो।

भोटेकोशी तटिय क्षेत्रमा जोखिम पूर्व सुचना प्रणाली राख्न माग भइरहेको छ । सूचना प्रणाली राख्नका लागि प्रशासनले परराष्ट मन्त्रालयलाई यसअघि नै पत्र काटिसकेका छ।

ताजा समाचार