एकै दिन १७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

एकै दिन १७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण

apf

इलाम, १७ साउन । इलाममा शनिबार एकै दिन १७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । ४० जना सशस्त्र प्रहरीको स्वाब संकलन गरि पठाइएका मध्ये १७ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासका अनुसार गएको १३ गते उहाँहरुको स्वाब संकलन गरेर परिक्षणका लागि पठाइएको थियो ।

यस अघि १० जना सशस्त्र प्रहरीमा नै कोरोना संक्रमण पुष्टि भइसकेको छ । हाल सम्ममा २७ जना सशस्त्र प्रहरीमा संक्रमण भईसकेको छ ।
अब इलाम नगरपालिकाका ८९ जनाको स्वाब संकलन गरेर पठाइएको छ । जिल्ला भरीमा १६० जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकस व्यक्ति बिमल बरालले बताउनुभयो ।

बाँकी ४० जना सशस्त्र प्रहरीकै स्वाब संकलनको तयारी भईरहेको बताइएको छ । आज पोजेटिभ देखिएका सबैलाई थप उपचारको लागि मोरङस्थित गोठगाउँमा लाने तयारी भईरहेको छ ।

यस अघि संक्रमण फेला परेकाहरुको सोहि अस्पतालमा उपचार भइरहेको छ । यो सँगै इलाममा कोरोना पुष्टि हुनेको संख्या ५७ जना पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);