थप १ जना प्रहरीमा कोरोना संक्रमणको पुष्टि | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

थप १ जना प्रहरीमा कोरोना संक्रमणको पुष्टि

corona virous

श्याम गुप्ता
बारा , ११ जेठ । बारामा थप १ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कलैया बारामा कार्यरत सर्लाही ठेगाना भएका वर्ष ४९ का प्रहरी नायब निरीक्षक कोरोना सक्रमित पुष्टि भएको छ ।

अहिले उनलाई कलैया अस्पताल लैजाने तयारी भइरहेको छ , तर उनको विवरण भने सर्लाहीको सुचिमा राखिएको छ । उनको जेठ ७ गते स्वाब संकलन गरी परिक्षणका लागि काठमाण्डौंको टेकु स्थित केन्द्रिय प्रयोगशाला पठाईएको थियो ।

अहिले उनको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिको खोजी कार्य भईरहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
यस अघि मुद्दा शाखामा कार्यरत प्रहरी जवानमा जेठ ३ कोरोना संक्रमण पुष्टि भएको थियो । पहिलो संक्रमित जवानको कन्ट्याक ट्रेसिङ्गको आधारमा उनको स्वाब जेठ ७ गते संकलन गरी परीक्षणका लागि पठाईएको थियो ।

उनी प्रहरीका लागि निर्माण गरिएको बाल मन्दिर आइसोलेसनमा बस्दै आएका थिए । उनलाई कलैया अस्पताल ल्याउँने तयारी भईरहेको उनले बताए ।

यो सँगै बारामा कोरोना संक्रमितको संख्या १३ पुगेका छ । जस मध्ये २ जना संक्रमण मुक्त भएर घर फर्केका छन् । भने १० जना कलैया अस्पतालमा र एक जनालाई बिरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ ।

हाल सम्म जीतपुरसिमरा उपमहानगरपालिकामा १, सिम्रौनगढ नगरपालिकामा ७, बिश्रामपुर गाँउपालिकामा १ र कलैया उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालयमा २ जना र करैयामाई गाँउपालिकामा २ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);