मृत्यु गर्भवतीको कोरोना रिपोर्ट नेगेटिभ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मृत्यु गर्भवतीको कोरोना रिपोर्ट नेगेटिभ

corona-test

सप्तरी, १४ जेठ । सप्तरीकी मृत्यु भएकी गर्भवतीमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । मंगलबार मृत्यु भएकी सप्तरीकी गर्भवती महिलामा कोरोना संक्रमण नभएको पुष्टि भएको हो ।

कञ्चनरुप नगरपालिका- ११ ठेलियाकी २४ वर्षीया गर्भवती महिलालाई एक हप्तासम्म निरन्तर ज्वरो आएको, श्वास लिन गाह्रो हुने समस्या देखिएपछि उनलाई घरकै आइसोलेसनमा राखिएको थियो ।

उनको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । परीक्षणपछि उनको रिपोर्ट नेगेटिभ आएको छ ।

मंगलबार मृत्यु भएकी महिलाको उनका परिवारका चार जनालाई नगरपालिकाले पीपीई उपलब्ध गराएर दाह संस्कार गर्न दिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);