प्रहरी हेडक्वार्टरका थप २८ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

प्रहरी हेडक्वार्टरका थप २८ जनामा कोरोना संक्रमण

Nepal-Police-Headquarter

काठमाडौं, १६ साउन । प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) का थप २८ जना प्रहरीमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरीहरुमा संक्रमण पुष्टि भएको हो ।

थप २८ जना प्रहरीलाई कोरोना देखिएसँगै संक्रमित प्रहरीको संख्या ७२ पुगेको छ । संक्रमित प्रहरीको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचार भइरहेको छ ।

यसअघि कार्यालयको सवारी तथा सञ्चार शाखामा कार्यरत चार प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरी परीक्षण गरिँदा कार्यालयमा थप प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);