समुदायस्तरमा कोरोनाको अवस्था बुझ्न नमुना स्वाब संकलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

समुदायस्तरमा कोरोनाको अवस्था बुझ्न नमुना स्वाब संकलन

कपिलवस्तु, २० साउन । जिल्लामा समुदायस्तरमा कोरोना संक्रमणको अवस्था बुझ्न ३ सय जनाको स्वाब संकलन गरिएको छ । जिल्लाका विभिन्न नगरपालिका र गाउंँपालिकाका समुदायस्तरका विभिन्न क्षेत्रका व्यक्तिहरुमा नमुनाको रुपमा स्वाब संकलन गरी परिक्षणका लागि पठाईएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार महाराजगंज नगरपालिकामा ७८ जना, यशोधरा गाउंपालिकामा ५४ जना, कृष्णनगर नगरपालिकामा २६ जना, शिवराज नगरपालिकामा ३३ जना, कपिलवस्तु नगरपालिकामा २२ जना र मायादेवी गाउंपालिकामा ३० जनाको नमूना स्वाब संकलनको काम सम्पन्न गरिएको छ ।

मेडिकल पसल संचालक, बैंक कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी, व्यवसायी लगायत विभिन्न क्षेत्रका प्रतिनिधीहरुमा परीक्षण गरिएको छ । यो स्वाब परीक्षणको रिपोर्ट पछि मास परीक्षण गर्ने वा कन्ट्याक्ट ट्रेसिंगको आधारमा परीक्षण गर्ने निधो हुने कोरोना फोकल पर्सन कुमार थापाले जनाउनुभयो ।

कार्यालयका अनुसार, कुल परीक्षण गरिएका मध्ये २० प्रतिशत भन्दा बढीमा कोरोना संक्रमण देखिए मास परिक्षण गरिने छ । २० प्रतिशत भन्दा कम देखिए कन्ट्याक्ट ट्रेसिंगका आधारमा हुन्छ ।

जिल्लामा हाल ७ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ भने ७ सय ४७ जना निको भएर घर फर्केका छन् । ५१ जनाको उपचार भई रहेकोको र उपचारमा रहेका सवैको अवस्था भने सामान्य रहेको कोरोना फोकल पर्सन थापाले बताउनुभयो ।

कोरोनबाट बच्न मुख्य रुपले अपनाउनु पर्ने सामाजिक दुरी, मास्क र सेनिटाईजरको प्रयोगको नियमलाई सर्वसाधारणले पालना गरेका छैनन् । यसरी लापरवाही गर्ने हो भने जिल्लामा जुनसुकै बेला कोरोना संक्रमणको महामारी भयावह अवस्थामा फैलन सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);