कपिलवस्तुमा स्वाब संकलन गरिएकामध्ये ८.६ प्रतिशतमा कोरोना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कपिलवस्तुमा स्वाब संकलन गरिएकामध्ये ८.६ प्रतिशतमा कोरोना

कपिलवस्तु, १० भदौ । कपिलवस्तुमा स्वाब संकलन गरिएकामध्ये ८ दशमलव ६ प्रतिशतमा कोरोना संक्रमित भेटिएका छन्। जिल्लामा मंगलबारसम्म १२ हजार ४३२ जनाको स्वाब संकलन गरिएको हो। जसमध्ये पिसिआर परीक्षण गर्दा १ हजार ६७ जना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो ।

यस्तै कुल आरडिटी १२ हजार ६२८ गर्दा १ हजार ४ सय ६५ पोजेटिभ देखिएको छ। कन्ट्याक्ट ट्रेसिङ गरिएका २ हजार ९३९ मध्ये १ सय ९२ जना पोजेटिभ देखिएका छन्। समुदायबाट लिइएको ८ सय ७४ स्वाबमध्ये ८६ जना संक्रमित देखिएका छन्। आफैले शुल्क तिरी परीक्षण गराएका १५ जना, तथा क्वारेन्टिनमा बसेका ७ सय ७७ जना संक्रमित भएका हुन्।

ट्राभल हिस्ट्रीका आधारमा ८ हजार ११९ जनाको स्वाब संकलन गरिएको छ। १ सय ९६ जना सक्रिय संक्रमित छन् भने ८ सय ६८ जना निको भई घर फर्कीसकेका छन्। यस्तै कोरोनाबाट जिल्लामा २ जनाको मृत्यु भएको छ ।

कपिलवस्तुमा ४५ जना सुरक्षाकर्मी संक्रमित

कपिलवस्तुमा हालसम्म ४५ जना सुरक्षाकर्मी संक्रमित भएका छन् । जसमध्ये नेपाल प्रहरीका ४३ र सशस्त्र प्रहरीका २ जना संक्रमित भएका हुन्। चैत्र ११ देखि सरकारले गरेको लकडाउनपछि हालसम्म ती संक्रमित भएका हुन् ।

नेपाल प्रहरीका ४३ मध्ये ६ जना निको भई घर फर्किसकेका कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनुभयो । ३७ जनामा सकृय संक्रमित छन्। यस्तै सशस्त्रका २ मध्ये एक जना निको भई काममा फर्किसकेको र एक जना सकृय संक्रमित छन् ।

संक्रमित सुरक्षाकर्मी रुपन्देही र कपिलवस्तुका विभिन्न अस्पतालमा उपचारार्थ रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । कोरोना विशेष अस्पताल बुटवलमा ३ जना, १० जना कृष्णनगर आइसोलेसन र २४ जना प्रहरीको तौलिहवा स्थित महिला तथा बालबालिका कार्यालयको आइसोलेसनमा छन् । लकडाउन पछिको पछिल्लो एक महिनाको अवधीमा संक्रमितको संख्या बढेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कोरोनाको सामान्य लक्षण देखिएका प्रहरीको मात्र पिसीआर जाँच गराउने गरेको छ । उता बैकिङ संस्था र ब्यवसायीहरु तीस तीस बढी संक्रमित भएका छन्। शिक्षक, विद्यार्थी, कर्मचारी लगातय समेत संक्रमित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);