संक्रमितलाई ट्युबबाट तार्नेको स्वाब संकलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

संक्रमितलाई ट्युबबाट तार्नेको स्वाब संकलन

swab-sankalan

अछाम, २६ चैत । कोरोना भाइरस संक्रमण भए–नभएको पुष्टि गर्न अछाममा क्वारेन्टाइनमा बसेका दुई सय जनाको थ्रोट स्वाब संकलन गरिएको छ । नेपाली सेनाका २ र सरकारले पठाएका तीन जना स्वास्थ्यकर्मीको संयुक्त टोलीले मंगलबार जिल्लाका चार स्थानमा पुगी स्वाब संकलन गरेको हो ।

बयालपाटा अस्पताल, जिल्ला अस्पताल, सदरमुकाम मंगलसैन र कमलबजारमा बनाइएका क्वारेन्टाइनमा बसिरहेकाको स्वाब संकलन गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । सुदूरपश्चिमका पहाडी जिल्लामध्ये भारतबाट फर्किनेको संख्या धेरै भएकाले अछाममा कोरोना परीक्षण गर्नुपरेको उनले बताए ।

पौडेलका अनुसार मंगलसेनस्थित क्वारेन्टाइनमा रहेका ५३ जनाको स्वाब परीक्षणको रिपोर्ट आएपछि मात्रै घर पठाइनेबारे निर्णय हुनेछ । ‘सोमबार उहाँहरूलाई क्वारेन्टाइनमा राखेको चौधौं दिन भइसकेको थियो । घर पठाउने तयारीमा थियौं । तर, कञ्चनपुरमा संक्रमित भेटिइसकेपछि हामीले थप सतर्कता अपनाएका छौं,’ उनले भने, ‘अब उहाँहरूमा कोरोना भाइरसको संक्रमण छैन भन्ने पुष्टि भएपछि मात्रै पठाउँछौं ।’ उनका अनुसार संकलित नमुनाको र्‍यापिड र पीसीआर दुवै किटबाट परीक्षण हुनेछ ।

अछामका प्रमुख झनकराज ढुंगानाले भने, ‘प्रतिनिधिमूलक ढंगले प्रत्येक पालिकाका १० जनाको कोरोना परीक्षण गरिने भएको छ ।’ स्वाब संकलनका लागि अछाम आएको विशेषज्ञ टोली मंगलबार साँझ नै काठमाडौं फर्केको छ । उनका अनुसार परीक्षणको रिपोर्ट आउन भने कम्तीमा तीन दिन लाग्नेछ ।

जिल्लाका १ सय ७१ ठाउँमा क्वारेन्टाइन स्थापना गरिए पनि भारतबाट फर्केकाहरूलाई मंगलसेनमा मात्रै राखिएको उनले बताए । जिल्ला अस्पताल र बयालपाटा अस्पतालमा रहेका ३० वटा आइसोलेसन बेडमा शंकास्पद बिरामीको उपचार भइरहेको छ । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);