मेसिनले नधान्दा काठमाडौं पठाइयो स्वाब | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मेसिनले नधान्दा काठमाडौं पठाइयो स्वाब

swab-sankalan-gardai

सुर्खेत, २६ चैत । संघीय सरकारले पठाएको कोभिड–१९ को स्वाब परीक्षण गर्ने आरटी–पीसीआर (रियल टाइम–पोलिमरेज चेन रियाक्सन) मेसिनले भार धान्न नसक्दा स्वाब काठमाडौं पठाउन थालिएको छ । मंगलबार मात्र १५ वटा स्वाबको नमुना काठमाडौं पठाइएको प्रदेश अस्पतालस्थित कोरोना परीक्षण प्रयोगशालाले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयबाट प्रयोगशाला व्यवस्थापनका लागि खटिएका फोकल पर्सन ओम आचार्यका अनुसार सुर्खेतमा रहेको मेसिनले एक दिनमा करिब १२ वटा स्वाब परीक्षण गर्न सक्छ । पछिल्लो समय परीक्षण क्षमताभन्दा दोब्बर स्वाब संकलन भइरहेको छ ।

‘हामी त चौबिसै घण्टा खटिएका छौं तर मेसिनले साथ दिइरहेको छैन,’ उनले भने, ‘एक त मेसिनको क्षमता कम, अर्कोतिर ‘रेस्ट’ दिइरहनुपर्ने रहेछ, यसले गर्दा सोचेअनुसार परिमाणमा परीक्षण गर्न सकिएको छैन ।’ यसअघि एक दिनमा १५ वटा परीक्षण गर्दा रिपोर्टमै समस्या आएपछि संख्या घटाइएको उनले बताए ।

आचार्यका अनुसार काठमाडौंमा रहेको मेसिनले एक पटकमा ९६ वटा नमुना ‘प्रोसेस’ गर्न सक्छ भने यहाँको मेसिनले एक पटकमा एउटा मात्र गर्न सक्छ । संकलन भएका स्वाबको नतिजा छिटो आओस् भनेर मंगलबार बिहानै एम्बुलेन्समा काठमाडौं पठाइएको उनले जानकारी दिए । सुर्खेतमा बिहीबारदेखि पीसीआर परीक्षण सुरु गरिएको हो ।

मंगलबारसम्म प्रगोगशालामा ६० जनाको स्वाब परीक्षण गरिएकामा सबैको नतिजा ‘नेगेटिभ’ आएको आचार्यले बताए । उनका अनुसार अहिले सुर्खेतबाहेकका जिल्लाको पनि नमुना संकलन गर्ने कार्यलाई तीव्र पारिएको छ । काठमाडौं पठाइएका १५ वटा नमुना दैलेख र कालीकोटका बासिन्दाको रहेको उनले बताए । कान्तिपुर दैनिकमा कलेन्द्र सेजुवालले समाचार लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);