आर्थिक सहयोग नपाए पछि स्वाब परीक्षण गर्न छाड्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

आर्थिक सहयोग नपाए पछि स्वाब परीक्षण गर्न छाड्यो

विकास डाँगी
दाङ, २० असार । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाब परीक्षण गर्न छाडेको छ । स्थानीय तहले आर्थिक सहयोग नगरेको भन्दै प्रतिष्ठानले स्वाब परीक्षण गर्न छाडेको हो । यस क्षेत्रको स्वाब परिक्षणका लागि प्रतिष्ठानमा मात्र कोरोना परीक्षण ल्याव स्थापना गरीएको छ ।

तर प्रतिष्ठानले प्रति स्वाब ५ हजार ५ सय लिएर मात्रै चेकजाँच गर्ने भएपछि यहाँका स्थानीय तहहरु समस्यामा परेका छन् । क्वारेन्टीनमा बसेकाहरुको स्वाब संकलन सकिन लागेको बेलामा प्रतिष्ठान यस्तो गैरजिम्मेवार भएको हो ।

दाङको १० वटै स्थानीय तहबाट संकलन भएका स्वाब लिएर जाँदा माथिको आदेश भन्दै फिर्ता पठाइएपछि अहिले स्थानीय तहमा समस्या परेको छ । संघ र प्रदेशबाट सहयोग आइरहेको अवस्थामा पनि पैसा नभएको कारण देखाउँदै स्वाब परिक्षणमा नगर्नु उचित नहुने दाङ तुलसीपुर उपमहानगरपालीकाका नगरप्रमुख घनश्याम पाण्डेको भनाई छ ।

अन्य पालीकाहरुले पनि प्रतिष्ठानमा चेकजाँच नहुँदा पालिकाहरुले अहिले काठमाडाै , नेपालगञ्ज र भैरहवा पठाउन थालेका छन । प्रतिष्ठानमा २ वटा पिसिआर मेसिन जडान भएपनि परिक्षण बन्द गरिएपछि नागरीकहरु सेवाबाट बञ्चित भएका छन । यता बिपद ब्यबस्थापन शाखाले परीक्षण बिनानै स्वाव फिर्ता गर्नु गलत भएको बताएको छ ।

यस बिषयमा काठमाडामा रहनु भएकी ंप्रतिष्ठानकी उपकुलपति संगिता भन्डारीसंग कुरा गर्दा सरकारले नै आर्थिक सहयोग नगरेको र भएको रकम सकिएको कारण स्वाव परीक्षण नगरी फिर्ता गरीएको जवाफ दिनु भयो ।

दाङमा १ हजार ३२ जना क्वारेन्टीनमा रहेका छन् । स्थानीय तह र प्रतिष्ठानको समन्वय राम्रो नहुदाँ आम नागरिकले सास्ति खेप्नु पर्ने बाध्यता छ । यो समस्या प्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);