नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको स्वाब संकलन गरियाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको स्वाब संकलन गरियाे

काठमाडाैं,९ मंसिर। नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको पीसीआर परीक्षणका लागि आज स्वाब संकलन गरिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेलाडी, प्रशिक्षक र ग्राउण्ड स्टाफ गरि झण्डै ५० जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।

आज गरिएको पीसीआर परीक्षणमा नेगेटिभ आउनेहरुलाई बुधबारदेखि बन्द प्रशिक्षणमा राखिने छ ।त्यसका लागि पहिलो चरणमा नेपाल क्रिकेट संघ क्यानले २२ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । त्यहाँ कार्यरत कर्मचारीलाई पनि पीसीआर परीक्षण गरेर आइशोलेशनमा राखिने छ ।

पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएका खेलाडी तथा अन्य स्टाफहरुलाई प्रशिक्षणमा सहभागी गराइने छ । पोजेटिभ रिपोर्ट आउने सबैलाई आईशोलेशनमा पठाउने र नेगेटिभ आएपछि मात्रै सहभागी गराउने पनि सदस्य पाठकले बताए ।

पहिलो चरणमा कम्तिमा एक महिना प्रशिक्षण गराउने क्यानको योजना छ । नेपाली क्रिकेट टिमका खेलाडीहरु पनि विभागीय क्लबहरु नेपाल पुलिस, त्रिभुवन आर्मी र एपीएफमा आवद्ध छन् । उनीहरुलाई बिभागले रिलिज गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);