राष्ट्रिय सभा सदस्यहरुको पीसीआर परीक्षण सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

राष्ट्रिय सभा सदस्यहरुको पीसीआर परीक्षण सम्पन्न

काठमाडौं, १६ पुष । राष्ट्रिय सभाका सदस्यहरुको कोभिड–१९ परीक्षणका लागि स्वाब संकलन गरिएको छ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन शुक्रबारबाट शुरु हुने भएपछि बिहीबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।

अधिवेशनको पहिले बैठकको अघिल्लो दिन सबै सदस्यहरुको निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको संसद सचिवालयले बताएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित सबै सदस्यहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

पीसीआरको रिपोर्ट शुक्रबार बिहान सम्म आउने र नेगेटिभ भएका सांसदहरु मात्रै अधिवेशनमा सहभागि हुन पाउनेछन् । सरकारले पुष ५ गते प्रतिनिधि सभा विघटन गरेकाले यसपटकको हिउँदे अधिवेसनमा राष्ट्रिय सभाको बैठक मात्रै सञ्चालन हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);