कोरोना संक्रमित भेटिएपछि रुपन्देहीको पुर्निहवा सिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोना संक्रमित भेटिएपछि रुपन्देहीको पुर्निहवा सिल

bhairawa seal

भैरहवा, २० वैशाख । रुपन्देहीमा एकजना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि पुर्निहवा गाउँ सिल गरिएको छ । कोटहीमाई गाउँपालिकाको मझगावा स्थित श्री मर्चवार आर्दश उच्च माविको क्वारेन्टाइनमा रहेका सोही गाउँपालिकाका २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएपछि कोटहीमाई गाउँपालिका– १ को पुर्निहवा गाउँ सिल गरिएको हो । अर्को आदेश नभएसम्म सिल गरिएको उक्त गाउँमा आवतजावत गर्न प्रतिबन्ध लगाइएको छ । गाउँसहित बाहिरी क्षेत्रमा चारैतिर प्रहरी परिचालन गरिएको छ ।

गाउँलेलाई खाद्यान्न र आपतकालिन समस्याको समाधानका लागि स्थानीय तह र प्रशासनले समन्वय गर्नेछन् । भारतको दिल्लीमा मजदुरी गर्दै आएका संक्रमित युवा बैशाख ५ गते सम्मरीमाई गाउँपालिकाको ठोठरी नाकाबाट लुकेर प्रवेश गरेका थिए ।

बैशाख १७ गते क्वारेन्टाइनमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गर्दा ती युवामा संक्रमण पुष्टि भएको हो । अहिले ती युवा अस्थायी विशेष कोरोना अस्पताल बुटवलमा उपचारत छन् । उनको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);