भक्तपुरको शंखधर चोक गरियो सिल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भक्तपुरको शंखधर चोक गरियो सिल

shankhadhar bhaktapur

काठमाडौं, ३१ वैशाख । मंगलबार एक महिलामा संक्रमण भेटिएपछि भक्तपुरको मध्यपुर थिमी नगरपालिका ४ को शंखधर साख्वा चोक वरपरको क्षेत्र सिल गरिएको छ ।

मध्यपुर थिमी नगरपालिका वडा नं ४ शंखधर साख्वा चोक बस्ने स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालयले सिल गरेको हो ।

सिल गरिएको क्षेत्रमा यातायात चल्न बन्द गरिएको छ । प्रहरीले सबैजसो सडकमा डोरी टाँगेर र बार राखेर बन्द गराएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);