पूर्व लडाकुलाई कागती बिक्री गर्न भ्याइ नभ्याइ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पूर्व लडाकुलाई कागती बिक्री गर्न भ्याइ नभ्याइ

kagati kheti

विकास डाँगी

दाङ, ३१ वैशाख । लकडाउनका कारण अधिकांस क्षेत्रमा संलग्न नागरिकहरु नोक्सानी व्यहोरिरहेका बेला पूर्व जनमुक्ति सेना रामचन्द्र खड्कालाई भने आफ्नो कृषि उपज विक्रीमा भ्याईनभ्याई छ । दाङमा २३ कठ्ठा जमिनमा व्यवसायिक कागती खेती गर्दै आएका खड्काको बारी मै क्रेताहरु पुग्ने गरेकाले बजारीकरणको पनि कुनै समस्या नभएको उहाँको भनाई छ ।

रुकुम खाराका पूर्व जनमुक्ति सेना समेत रहेका रामचन्द्र खड्का अहिले दाङको बिजौरीमा व्यवसायिक कागती खेती गर्दै आइरहनु भएको छ । खड्काले २०७४ देखि तुलसीपुर १९ बिजौरीमा व्यवसायिक कागती खेती गर्नशुरु गर्नुभएको हो । हाईब्रिड जातको कागती खेती गर्नु भएका खड्काले करिब ८० लाखको लागतमा २३ कठ्ठा जमिन १५ वर्षको लागि लीजमा लिएर खती गर्नु भएको हो । हिजोआज कागतीको माग अत्याधिक भएकाले उहाँलाई भ्याईनभ्याई छ । रोपेको ६ महिनादेखि फल्न शुरु गरेको कागती अहिलेसम्म २५ कुईन्टल बिक्री गरेको खड्का बताउनुहुन्छ ।

२०५८ देखि जनमुक्ति सेनामा लाग्नु भएका उहाँ शान्ति सम्झौता पछि अफगानिस्तान र २ पटक मलेसिया पुग्नुभयो । त्यहाँ पनि सोचे जस्तो कमाइ नभएपछि खड्काले कागती खेतीतिर लाग्नु भएको हो । कागतीको विषयमा जानकारी लिएपछि खड्काले हाईब्रिड १५ सय कागतीका बोटबाट खेति शुरु गर्नुभएको हो । हाल कागतिको मूल्य प्रतिकिलो १ सय ५० रुपैँया र क्विन्टल १२ देखि १५ हजार रुपैयाँ रहेको छ । तर, यसरी व्यवासीकरुपमा खेति गर्दा पनि खड्काले राज्यबाट अनुदान पाउनु भएको छैन ।

नेपालमा वार्षिक रुपमा २ अर्ब भन्दा बढीका कागतीे बाहिरबाट आयात हुने गर्दछ । आयातको दर घटाउनलाई सरकारले कृषि, पशुपंक्षी तथा फलफूलमा व्यवसायीकरणका नारा लगाउदै आएपनि खड्का जस्ता कृषकलाई अझै प्रोत्साहन गर्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);