झ्यालको सीसा फोडेर कोरोना संक्रमित फरार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

झ्यालको सीसा फोडेर कोरोना संक्रमित फरार

pradeshik aspatal janakpur

जनकपुरधाम, ११ जेठ । प्रादेशिक अस्पताल जनकपुरधामबाट एक कोरोना संक्रमित व्यक्ति फरार भएका छन् । आइतबार बिहानै आईसोलेसन कक्षमा रहेका एक संक्रमित व्यक्ति फरार भएको धनुषा प्रहरीले जनाएको छ ।

फरार रहेका सर्लाहीका ४० वर्षिय संक्रमितको मानसिक सन्तुलन गुमेको र पटक–पटक भाग्ने प्रयास समेत गर्दै आएका बताइएको छ । उनी झ्यालको सीसा फोडेर भागेका हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अस्पतालको आईसोलेसनमा सर्लाही, महोत्तरी, धनुषा र सिरहाका कोरोना संक्रमित गरी ४० भन्दा बढी उपचाररत छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);