कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिप्रका कञ्चनपुरको सेवा बन्द | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिप्रका कञ्चनपुरको सेवा बन्द

कञ्चनपुर, १३ कार्तिक । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा कार्यरत ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । गत बुधबार प्रशासकीय अधिकृतमा कोरोना पुष्टि भएपछि कार्यालयमा रहेका अन्य कर्मचारीको पिसीआर परिक्षण गर्दा ६ जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको हो ।

१८ जनाको स्वाब संकलन गरी परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाएकोमा बुधबार ६ जना कर्मचारीको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बुधबार सुरक्षा निकाय सहित थप १९ जनाको स्वाब संकलन गरि परीक्षण गर्न पठाइएको बताउनुभयो ।

कर्मचारीमा कोरोना पुष्टि भएपछि मंगलबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि ठाडो उजुरी र मुद्धा बाहेकका अन्य सेवा बन्द गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);