बाँकेमा आजबाट तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाँकेमा आजबाट तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी

nepalgunj seal

निशा शाह
नेपालगञ्ज, १८ साउन । बन्दाबन्दी खुलेसँगै कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आजबाट तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गरेको छ । बाँकेमा केहीदिन देखि संक्रमित बढदै गएको देखिन थालेपछि पूर्णरुपमा निषेधाज्ञा जारी गरेको हो ।

बाँकेमा लक्षण देखिएका संक्रमित फेला पर्नु जोखिमयुक्त देखिएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले आइतबारदेखि तीन दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञा उल्लंघन गरे पक्राउ गरि कारबाही गरिने जनाइएको छ ।

बाँके प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले बन्दाबन्दी खोलेसँगै नेपालगञ्जमा कोरोना संक्रमित ह्वात्तै बढ्न थालेपछि आइतबारदेखि पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने तयारी भइरहेको बताएका छन् । ‘आइतबारदेखि पूर्णरुपमा निषेधाज्ञा जारी हुन्छ, अटेरी गर्नेलाई तत्काल पक्राउ गरिन्छ,’ प्रजिअ कुरुम्वाङले बताउनुभयो ।

बाँकेमा कोरोना संक्रमण फेरि भयावह रुप लिने देखिएपछि पूर्णरुपमा निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको प्रजिअ कुरुम्वाङले बताउनुभयो । सरकारले बन्दाबन्दी खोलेसँगै बाँके, बर्दिया कोरोनाको अत्याधिक जोखिममा देखिएको छ । बन्दाबन्दीपछि गरिएको परीक्षणका क्रममा दैनिकजसो कोरोना संक्रमित भेटिएका छन् ।

राजश्व कार्यालय नेपालगन्जका ११ जना कर्मचारी, यातायात व्यवस्था कार्यालयका एक जना, मिठाई पसलेको सम्पर्कमा आएका व्यक्तिमा कोरोना देखिएपछि प्रशासनले निषेधाज्ञाको कदम चाल्न बाध्य भएको प्रजिअ कुरुम्वाङले बताउनुभयो । बाँकेमा समुदायस्तरमा कोरोना फैलिन थालेपछि यहाँका आमनागरिक त्रसित बनेका छन् । नेपालगञ्जमा कोरोना समुदायस्तरमा फैलिइसकेको छ ।

धेरै चाप हुने आन्तरिक राजस्व कार्यालय र यातायात व्यवस्था कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि समुदायस्तरमै कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । समुदायस्तरमा कोरोना फैलिन नदिन बाँकेका स्थानीय तहहरुले बेवास्ता गरिरहेका छन् । बाहिरबाट आएका क्वारेन्टीनमा राख्न छोडिएको छ ।

भारतबाट वा जिल्ला बाहिरबाट आउने नागरिक क्वारेन्टीनमा नबसी सोझै घर जाने र सहजै गाउँघरमा घुमफिर गर्दै आएकाले बाँकेमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बाहिरबाट जिल्ला भित्रिने जोकोहीलाई अनिवार्य १४ दिनसम्म क्वारेन्टीनमा राख्नुपर्छ ।

तर पछिल्लो समय बाँकेका स्थानीय तहहरुले बाहिरबाट आएका व्यक्तिलाई क्वारेन्टीनमा राख्न छाडिसकेका छन् । यतिबेला सरकारको तयारीले मात्र नहुने भन्दै जानकारहरूले आमनागरिक आफैं सुरक्षित हुन आवश्यक देखिएको छ । संक्रमितको संख्या ह्वात्त बढेपछि नेपालगन्ज झनै कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ ।

बाँकेका सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीहरूले लापरवाही गरे नेपालगञ्जको अवस्था पनि भयानक दुखदायी हुनसक्ने चेतावनी दिँदै सुरक्षित रहनका लागि अपिल गरिरहेका छन् । बन्दाबन्दी खुलेपछि बाँके कोरोना संक्रमणको उच्च जोखिममा देखिएपछि पूर्णरुपमा निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएपछि प्रशासनले जनाएको छ ।

सरकारले बन्दाबन्दी फिर्ता लिएसँगै यहाँका बजारहरुमा नागरिकको भीडभाड बढेको छ, सवारी साधन निर्धक्क चलेका छन् । नागरिक सामाजिक दूरी कायमविनै खरिद विक्रीको कारोबार गरिरहेका छन् । बैंक तथा वित्तिय संस्थामा आम नागरिकको भीडभाड छ । त्यसैले पनि पुनः पूर्णरुपमा निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको बाँके प्रशासनले जनाएको छ ।

यसले पनि विगतको तुलनमा अहिले कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ । कोरोना नियन्त्रणका लागि पहल नगरिए आमनागरिकको स्वास्थ्य संकटमा पर्ने देखिएको छ । सरकारले बन्दाबन्दी खुला बनाउँदा समुदायस्तरमा कोरोना फैलिएकोले यसको नियन्त्रणका लागि स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयले ठोस निर्णय लिई अघि बढ्नुपर्ने नागरिकहरु बताउँछन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);