किन असन्तुष्ट छन् फूल व्यवसायी ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

किन असन्तुष्ट छन् फूल व्यवसायी ?

nepali ful1

काठमाडौं, ५ कात्तिक । उज्यालो बत्ती र फूलहरुको पर्व तिहारको चहलपहल सुरु भईसकेको छ । घर कार्यालय सजाउन होस वा दाजुभाईलाई माला लगाउन तिहारमा फूलको महत्व बढी नै हुन्छ । तिहार नजिकिएसंगै यतिबेला भक्तपुरका फुल ब्यबसायीहरुलाई भ्याई नभ्याई छ । तर दुख गरेर फुल खेती गरेपनि उचित मुल्य नपाउदा भने ब्यबसायी असन्तुष्ट देखिन्छन् ।

भक्तपुर गुन्डुकी फूल व्यवसायी पुनम केसीलाई तिहार नजिकिएसंगै माला उन्न भ्याईनभ्याई छ । विगत १५ वर्ष देखी फूल व्यवसायीमा लाग्नु भएकी उहाँ अब भने फुल व्यवसायबाट सन्तुष्ट नभएको गुनासो गर्नूहुन्छ । त्यस्तै ५५ साल देखी यस ब्यबसायी गर्दै आएकी सीता नगरकोटीको अबस्था पनि त्यस्तै नै छ । दुख गरेर बारीमा फूल लगायो तर सोचे जस्तो मुल्य नपाउँदा फूल व्यवसायप्रति पछिल्लो समय आकर्षण घट्दै गएको उहाँको भनाई छ ।

तिहारका समय घर अफिस सजाउन होस या दाजुभाईलाई मालाका रुपमा लगाउन फूलको महत्व बढी हुने गर्दछ । यसै समयलाई लक्षित गरी ब्यबसायीहरुले बढी भन्दा बढी जग्गामा फूल खेती गर्ने गर्दछन । तर फूलको आयात बाहिरबाट बढी हुने गरेका कारण र विचौलियाका कारण फूलको उचित मुल्य नपाएको व्यवसायीको गुनासो छ ।

नेपालमा वार्षिक करिब अढाई अर्बको फूलको कारोबार हुने गरेको तथ्याङ छ । अघिल्लो वर्षको तिहारमा मात्रै २० करोड रुपैया बराबरको फूलको कारोबार भएको थियो भने यस पटकको तिहारमा २५ करोड रुपैया बराबरको कारोबार हुने अनुमान छ । जस मध्ये साढे दुई लाख माला बाहिरबाट आयात गर्नुपर्ने फ्लोरिकल्चर एशोसिएसनको अनुमान छ ।

उपत्यकामा खपत हुने ८० प्रतिशत फूल काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर लगायतका जिल्लामा उत्पादन हुन्छ । धादिङ, मकवानपुरको हेटौडा र मनोहरीमा सबैभन्दा बढी व्यवसायिकरुपमा सयपत्री खेती हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);