नेपाल बंगलादेशबीच सहुलियत पूर्ण व्यापार सम्बन्धी बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

नेपाल बंगलादेशबीच सहुलियत पूर्ण व्यापार सम्बन्धी बैठक सुरु

nepal - bangaladesh byapar

काठमाडौं, ५ कात्तिक । नेपाल बंगलादेशबीच सहुलियत पूर्ण व्यापार सम्बन्धी प्राविधिक समितिको बैठक मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । बैठकमा दुई देशबीचको व्यापारीक संभावनका विषयमा छलफल हुनेछ ।

विशेष गरेर क्षेत्रिय उडान, उर्जा, जलमार्ग, कृषि उत्पादनको निकासी, खाद्य सुरक्षा, नेपाली धागो निकासी तथा दुवै देशका उपभोग्य वस्तुको आयात निर्यातबारे छलफल गरिने बताईएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बैठकमा दुई देशबीचको व्यापार विस्तारका सम्बन्धमा ठोस निर्णय हुने बताउनुभयो ।

बंगलादेश वाणिज्य मन्त्रालयकी सह सचिव सरिफा खानले दुई देशबीचको व्यापार प्रवद्र्धनका सम्बन्धमा यसअघि पनि छलफल भईसकेकाले बैठकले त्यसबारे महत्वपूर्ण निर्णय गर्नेमा आफु आशावादी रहेको बताउनुभयो ।

प्राविधिक समितिको बैठकले गरेका निर्णयहरु दुवै देशको सचिवस्तरीय निर्देशक समितिले अनुमोदन गरेपछि कार्यान्वयनमा जानेछ । बैठकमा नेपालका तर्फबाट १५ र बंगलादेशका तर्फबाट ७ सदस्यीय प्रतिनिधिमण्डल सहभागी छन् । बैठक बुधबारसम्म चल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);