नेपाल–चीनको तिब्बत व्यापार सहजीकरण समितिको बैठक काठमाडौंमा सुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

नेपाल–चीनको तिब्बत व्यापार सहजीकरण समितिको बैठक काठमाडौंमा सुरु

काठमाडौं, २१ असार । नेपाल–चीनको तिब्बत व्यापार सहजीकरण समितिको बैठक काठमाडौंमा सुरु भएको छ । केरुङ र तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्ने मूल एजेन्डासहित ८ औं नेपाल–तीब्बत व्यापार सहजीकरण समितिको बैठक काठमाडौंमा सुरु भएको हो ।

बैठकले तातोपानी नाका आगामी कार्तिक भित्र खुलाई सक्ने गरी आवश्यक पूर्वाधार निर्माणको कामलाई अघि बढाउने लगायतका निर्णय लिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले जानकारी दिए । दुई दिनसम्म चल्ने बैठकमा नेपाल–चीनबीच हुने व्यापारलाई सहज बनाउने विषयमा पनि छलफल केन्द्रित हुनेछ ।

बैठकले केरुङ र तातोपानी नाकामा चीनको आर्थिक सहयोगमा निर्माण हुने पुल छिटो सम्पन्न गर्न आवश्यक कार्ययोजना पनि तय गर्नेछ । नेपाल र चीनबीचको व्यापार सहजीकरणका लागि सन् २००९ मा यो समिति गठन गरिएको हो ।

यस वर्षको बैठकमा समितिले नेपालको उद्यम विकासका लागि चीनको लगानी भित्र्याउने विषयमा पनि छलफल हुने सहसचिव सैंजुले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);