सरकार बहुमतको आडमा अधिनायकवादतर्फ उन्मुख : राणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सरकार बहुमतको आडमा अधिनायकवादतर्फ उन्मुख : राणा

काठमाडौं, २१ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार बहुमतको आडमा अधिनायकवादतर्फ उन्मुख हुन लागेको आरोप लगाएका छन् ।

अध्यक्ष राणाले गृहमन्त्री रामबहादुर थापाले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई अधिनायकवादी भनेकोमा आपत्ति जनाएका छन् । गृहमन्त्री थापाले बुधबार प्रतिनिधिसभा बैठकमा वरिष्ठ चिकित्सक केसीको अनसन बस्ने शैली अधिनायकवाद जस्तो भएको आरोप लगाएका थिए ।

गृहमन्त्री थापाको सो अभिव्यक्तिले सरकार तानाशाही भएको पुष्टि भएको अध्यक्ष राणाको तर्क छ । उनले जनताको पक्षमा समर्पण भावका साथ अघि बढ्ने वरिष्ठ चिकित्सक केसी कसरी अधिनायकवादी भए भनि सरकारलाई प्रश्न गरे ।

बिहिबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालयमा शक्तिको केन्द्रिकरण गरिरहेको आरोप लगाए ।

अध्यक्ष राणाले बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेश विपरित कैद सजाय मिनाहा गरेर सरकारले शक्ति पृथकीकरणको सिद्धान्तको पनि धज्जी उडाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);